उच्च अदालतको आदेशपछि माल्दिभ्सका पूर्वराष्ट्रपति यामिन रिहा



 

भ्रष्टाचार र मनी लन्ड्रिङको आरोपमा ११ वर्षको कारागार सजाय पाउनुभएका माल्दिभ्सका पूर्वराष्ट्रपति अब्दुल्ला यामिनलाई उच्च अदालतले बिहीबार रिहा गरेको छ ।

माल्दिभ्समा तीन न्यायाधीशको उच्च अदालतको इजलासले यामिनको सन् २०२२ को मुद्दा अनुचित भएको ठहर गर्दै नयाँ मुद्दाको आदेश दिएको छ । न्यायाधीश हसन शफिउले लामो फैसला पढ्दै तल्लो अदालतको फैसला निष्पक्ष नभएको बताए । फैसलाको प्रत्यक्ष प्रसारण गरिएको थियो ।

फैसला आइतबारको संसदीय निर्वाचनअघि आएको छ । निर्वाचनमा यामिनले आफ्नो सजाय भोग्दै गर्दा आफूले गठन गरेको राजनीतिक दलबाट उम्मेदवार उतार्दै छन् ।

यामिनलाई दुई आरोपमा दोषी ठहर गरिएको थियो । सन् २०१३ देखि सन् २०१८ सम्म सत्तामा रहँदा पर्यटन विकासका लागि एउटा सानो टापु भाडामा दिन घुस लिएको आरोपमा अदालतले दोषी ठहर गरेको थियो ।

बिहीबारको फैसलाले उक्त फैसलालाई खारेज गरेको छ । यामिनका सह–आरोपी युसुफ नइमलाई पनि रिहा गरिएको छ । व्यापारी नइमलाई १० लाख डलर घुस दिएको आरोपमा दोषी ठहर गरिएको थियो ।

चौँसठ्ठी वर्षीय यामिनलाई उच्च सुरक्षा भएको माफुशी कारागारमा  राखिएको थियो तर उनका सहयोगी मोहम्मद मुइज्जु गत सेप्टेम्बरमा राष्ट्रपति निर्वाचनमा विजय भएको भोलिपल्टै यामिनलाई नजरबन्दमा राखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इरानको सुरक्षा फौजले प्रदर्शनमा सहभागी किशोरीको यौन उत्पीडनपछि हत्या गरेको दस्ताबेज फेला

बीबीसी । इरानमा लागु गरिएको महिलाको पोसाकसम्बन्धी नियमको विरोध प्रदर्शनमा क्रममा १६ वर्षे

राष्ट्रपति सीद्वारा चीनमा सडक दुर्घटनापछि उद्धारकार्य र सुरक्षा सुधार गर्न निर्देशन 

  चिनियाँ राष्ट्रपति सी जिनपिङले दक्षिणी चीनको गुआङडोङ प्रान्तमा एक्सप्रेसवे दुर्घटनापछि शीघ्र उद्धार

युक्रेनद्वारा एआई–जनित विदेश मन्त्रालयको प्रवक्ता सार्वजनिक

  युक्रेनले बुधबार आफ्नो विदेश मन्त्रालयका तर्फबाट आधिकारिक बयान दिने भिक्टोरिया नामक एआई–जनित

रिपब्लिकन सांसदले अमेरिकी सदनका सभामुखलाई हटाउन प्रस्ताव पेश गर्ने

    अति दक्षिणपन्थी एक रिपब्लिकन सांसदले युक्रेनका लागि नयाँ सहायता प्याकेजको समर्थन