युक्रेनसँगको युद्धमा ५० हजार रुसी सैनिकको मृत्यु



बीबीसी । युक्रेन युद्धमा मारिने रुसी सैनिक सङ्ख्या ५० हजार नाघेको बीबीसीले पुष्टि गरेको छ । युद्धको दोस्रो वर्ष मस्कोले ‘मिट ग्राइन्डर’ भनिएको फौजलाई क्षतिको अपेक्षा सहित नै युद्धको अग्रमोर्चामा होम्ने रणनीतिका कारण पहिलो वर्षभन्दा मृतकको सङ्ख्या २५ प्रतिशतले बढेको पाइएको छ।

बीबीसी रसियन, स्वतन्त्र सञ्चार समूह मिडियाजोना तथा स्वयंसेवकहरूले फेब्रुअरी २०२२ देखि नै मृतकको सङ्ख्या गन्दै आएका छन्। नयाँ चिहानहरूमा राखिएका विवरणबाट कैयन् मृतक सैनिकहरूको नाम थाहा हुन सकेको छ।

बीबीसीका टोलीले आधिकारिक प्रतिवेदनहरू, अखबारहरू तथा सामाजिक सञ्जालमा खुला रूपमा उपलब्ध सूचनाहरू केलाएको थियो ।

युद्धको दोस्रो वर्ष २७ हजार ३०० रुसी सैनिकको लडाइँमा मृत्यु भएको हाम्रो विश्लेषणमा देखिएको छ – जसले युद्धमा भएका भौगोलिक उपलब्धि कति चर्को मानवीय मूल्यमा प्राप्त भएको छ भन्ने देखाउँछ।

युक्रेनी फौजलाई हायलकायल पार्न र तिनका अवस्थिति पत्ता लगाएर गोलाबारीको निशाना बनाउन रुसले निरन्तर उसका फौजलाई लहरका लहर अग्रमोर्चामा होम्ने गरेको छ जुन नीतिलाई ‘मिट ग्राइन्डर’ भन्ने गरिन्छ।

५० हजार भन्दा धेरैको कुल मृत्यु सङ्ख्या मस्कोले सेप्टेम्बर २०२२ मा जम्मा एकपटक दिएको आधिकारिक सार्वजनिक जानकारीभन्दा आठ गुणा धेरै हो। रुसीहरूको मृत्युको वास्तविक सङ्ख्या योभन्दा अझ धेरै हुनसक्ने सम्भावना छ।

हाम्रो विश्लेषणमा रुसी कब्जामा रहेका पूर्वी युक्रेनका दोनेत्स्क र लुहान्स्कमा भएका मिलिशियाहरूको मृत्यु समाविष्ट छैन। तिनको सङ्ख्या पनि जोड्ने हो भने रुसी पक्षमा भएको हानि अझै धेरै हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोलम्बियामा सैनिक हेलिकप्टर दुर्घटना हुँदा ९ सैनिकको मृत्यु

  उत्तरी कोलम्बियामा सैनिकहरूलाई आपूर्ति गरेर फर्कने क्रममा सोमबार सेनाको हेलिकप्टर दुर्घटना हुँदा

जि–७ मुलुक सन् २०३० मा कोइला प्रयोगलाई चरणबद्धरूपमा समाप्त गर्न प्रतिबद्ध

  जि–७ का मुलुकहरूले सन् २०३० को पहिलो ६ महिनामा कोइलालाई चरणबद्ध रूपमा

अफगान मस्जिदमा बन्दुकधारीको आक्रमण, ६ जनाको मृत्यु

  पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको सरकारका

तेल अविवमा गर्मीले तोड्यो ८५ वर्षको रेकर्ड

  मुलुक प्रचण्ड गर्मीले तातेका बेला इजराइल मौसम विज्ञान सेवा (आइएमएस) ले ग्रेटर