उत्तर कोरियाली नेता किम र शीर्ष चिनियाँ अधिकारीद्वारा सम्बन्धको ‘नयाँ अध्याय’ को स्वागत



 

धेरै वर्षपछि सहयोगीहरूबीचको सबैभन्दा उच्चस्तरीय बैठकमा उत्तर कोरियाली नेता किम जोङ उन र चीनका शीर्ष विधायकले बेइजिङ–प्योङयाङबीचको सम्बन्धमा एउटा ‘नयाँ अध्याय’ को स्वागत गरेका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरोको शक्तिशाली स्थायी समितिका सदस्य तथा बेइजिङका तेस्रो उच्चपदस्थ अधिकारी झाओ लेजी दुई मुलुकबीचको कूटनीतिक सम्बन्धको ७५औँ वार्षिकोत्वसवका अवसरमा आणविक हतियार सम्पन्न उत्तर कोरियाको सद्भावना भ्रमणमा छन् ।

चीन उत्तर कोरियाको सबैभन्दा महत्त्वपूर्ण आर्थिक हितैषी र कूटनीतिक सहयोगी हो । उत्तर कोरियाली नेता किम जोङ उनको बढ्दो हतियार परीक्षणको जवाफमा संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा उनको शासनमाथि कडा प्रतिबन्ध लगाउने अमेरिकी नेतृत्वको प्रयासलाई रुससँग मिलेर चीनले अवरोध पुर्याइरहेको छ ।

बेइजिङको सरकारी समाचार समिति सिन्ह्वाका अनुसार झाओले शुक्रबार प्योङयाङमा ‘चीन–लोकतान्त्रिक जनवादी गणतन्त्र कोरिया मित्रता वर्ष’ को उद्घाटन समारोहमा सहभागी भएपछि किमसँग भेट गरेका छन् । सिन्ह्वाका अनुसार झाओले किमसँग ‘उत्तर कोरियासँगको विकास सम्बन्धलाई बलियो बनाउन र द्विपक्षीय सहयोगलाई गहिरो बनाउन’ चीन इच्छुक रहेको बताए ।

झाओले किमसँग भने, “चीन नयाँ परिणाम प्राप्त गर्न, बलियो आपसी समर्थन जारी राख्न र दुवै पक्षका साझा हितहरूको रक्षा गर्नका लागि द्विपक्षीय व्यावहारिक तथा पारस्परिकरूपमा लाभदायक सहयोगलाई बढाउन इच्छुक छ ।”

सिन्ह्वाका अनुसार जवाफमा किमले झाओसँग उत्तर कोरिया ‘परम्परागत मित्रतालाई गहिरो बनाउन र कोरिया–चीन सम्बन्धमा नयाँ अध्याय लेख्न’ इच्छुक रहेको बताए ।

सिन्ह्वाले प्रकाशित गरेको एक तस्बिरमा झाओ र किम मुस्कुराउँदै हात मिलाएको देखिनुभएको छ । राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री लि कियाङपछि झाओ चीनको तेस्रो उच्चपदस्थ अधिकारी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनद्वारा ६ वटा नयाँ उपग्रह प्रक्षेपण

उत्तरी चीनको साङ्सी प्रान्तको ताइयुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट शुक्रबार ६ वटा नयाँ उपग्रह

अल्जाइमरको नयाँ औषधिको आविस्कार सफलता कि मृगतृष्णा ?

पेरिस । अल्जाइमर रोगको कमजोर प्रगतिलाई कम गर्न सक्षम दुई नयाँ औषधिहरू हालैका

म्यान्मामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या २९३, ८९ जना बेपत्ता

याङ्गुन । म्यान्मामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या २९३ पुग्नुका साथै ८९ जना

युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध

युक्रेन। युक्रेनले शुक्रबार रुसी मूलका पावेल दुरोभले स्थापना गरेको सामाजिक सञ्जाल राष्ट्रिय सुरक्षाका