रुसी क्षेत्रहरूले दशकौँको सबैभन्दा खराब बाढीको सामना गरेसँगै स्थानीयवासीद्वारा विरोध प्रदर्शन



 

रुसले  आगामी ४८ घन्टामा ‘अभूतपूर्व’ बाढीको चेतावनी दिएको छ । बढ्दो पानीले आंशिकरूपमा डुबेको सहरमा स्थानीय बासिन्दाहरू सङ्कटको सामना गर्ने अधिकारीहरूको विरोधमा विरलैरूपमा सडकमा उत्रिएका छन् ।

तीव्ररूपमा पग्लिँदै गरेको बरफ र मुसलधारे वर्षाका कारण कजाकिस्तानसँग जोडिएको रुसी सीमा नजिकै मुख्य नदीहरू युराल र टोबोलमा पानीको सतह बढेको छ । अधिकारीहरूले बाढीको पानी आगामी ४८ घन्टामा खतरनाकरूपमा बढ्ने चेतावनी दिएका छन् ।

ओर्स्क सहरमा सोमबार दर्जनौँ प्रदर्शनकारीहरूले रुसी सरकारको कमजोर प्रतिक्रियाविरुद्ध असन्तुष्टिको दुर्लभ विरोध प्रदर्शन गरेका छन् । एउटा बाँध फुटेपछि साताको अन्त्यमा बाढीको पानीले उक्त सहर डुबेको थियो । स्थानीय सोसल मिडिया च्यानलहरूले पोस्ट गरेका भिडियोमा भीडले ‘लज्जाजनक’ र ‘पुटिन, सहयोग गर्नुहोस्’ भन्दै चिच्याएका थिए ।

यसअघि क्रेमलिनले सोमबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बाढीग्रस्त क्षेत्रहरूको भ्रमण गर्ने कुनै योजना नभएको बताएको थियो । रुसमा कडा विरोधी कानूनअन्तर्गत सरकारविरुद्ध सार्वजनिक प्रदर्शन अवैध छ । ओर्स्कलाई समेटेको ओरेनबर्ग क्षेत्रीय अभियोजक कार्यालयले सोमबार बासिन्दाहरूलाई ‘अनधिकृत’ प्रदर्शनमा सहभागी भए उनीहरूले गिरफ्तारीको सामना गर्नुपर्ने चेतावनी दिएको छ ।

प्रदर्शनकारीहरूले थप वित्तीय सहयोगको माग गरिरहेका थिए र उनीहरू सहरको सुरक्षाका लागि निर्माण गरिएको बाँध भत्किएकामा आक्रोशित थिए । सप्ताहन्तमा प्रकाशित क्षतिपूर्ति योजनामा क्षेत्रीय सरकारले बाढीले ‘पूर्णरूपमा नष्ट’ भएका घरेलु सामानहरूका लागि प्रतिव्यक्ति एक लाख रुबल (एक हजार एक सय अमेरिकी डलर) प्रदान गर्ने बताएको छ ।

सरकारी आरआइए नोभोस्ती समाचार समितिका अनुसार ओरेनबर्गका गभर्नरले सोमबार घरको नोक्सानीको  पूर्ण क्षतिपूर्ति गर्ने बताएका छन् । अहिलेसम्म सबैभन्दा धेरै प्रभावित सहर ओर्स्कमा ९९ जनाको उपचार गरिएको र नौ जनालाई अस्पतालमा भर्ना गरिएको स्वास्थ्य अधिकारीहरूलाई उदृत गर्दै सरकारी सञ्चारमाध्यमले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकासँगको व्यापार गतिरोधमा ‘इतिहासको सही पक्ष’ रहेको चीनको भनाइ

बेइजिङ। चीनका एक उच्च आर्थिक अधिकारीले सोमबार बेइजिङ संयुक्त राज्य अमेरिकासँगको कठिन व्यापार

आईसीआरसी निर्देशकद्वारा गाजामा युद्ध पुनः सुरु भएकोमा चिन्ता व्यक्त

डोहा । अन्तर्राष्ट्रिय रेड क्रस समिति (आईसीआरसी) का निर्देशक पियरे क्राहनबुलले सोमबार गाजामा

यमनमा अमेरिकाद्वारा आठ सयभन्दा बढी हवाई हमला, ६८ जनाको मृत्यु

यमन । यमनमा हुथी विद्रोहीहरू विरुद्ध अमेरिकी सेनाले हाल एक महिना लामो सैन्य

नोबेल पुरस्कार विजेताहरूद्वारा ट्रम्प र पुटिनलाई आणविक निःशस्त्रीकरणका लागि भेट्न आग्रह

जेनेभा । आणविक हतियारहरू निर्मूल गर्न अभियान चलाइरहेका नोबेल शान्ति पुरस्कार विजेता तीन