विश्व बैङ्कद्वारा राष्ट्रिय वित्तीय नीति अपनाउन पाकिस्तानलाई आग्रह



 

पाकिस्तानमा उत्पन्न आर्थिक सङ्कटको बीचमा विश्व बैङ्कले इस्लामाबादलाई सङघीय तथा प्रान्तीय खर्चलाई संवैधानिक जनादेशसँग मिलान गरी राष्ट्रिय वित्तीय नीति अपनाउन आग्रह गरेको छ ।

सङघीय तथा प्रान्तीय राजस्व एकल बिक्री कर (जीएसटी) सङ्कलन एजेन्सीमा विलय गरी अर्को बजेटमा कृषि, पूँजीगत लाभ र अचल सम्पत्तिमा प्रभावकारी रूपमा कर लगाउन आग्रह गरेको छ ।

आगामी आर्थिक बर्षको बजेटमा राष्ट्रिय वित्तीय ढाँचाको विकास र कार्यान्वयन सहित सङ्घीय तथा प्रान्तीय वित्तीय उत्तरदायित्व र ऋण सीमा ऐन कार्यान्वयन गर्न विश्व बैङ्कले पछिल्लो नीतिगत सल्लाहमा पाकिस्तानी सरकारलाई सुझाव दिएको छ ।

यो प्रस्ताव अर्को अन्तर्राष्ट्रिय मुद्रा कोष कार्यक्रमको हिस्सा बन्ने अपेक्षा गरिएको छ । पाकिस्तानका अर्थमन्त्री मुहम्मद औरङ्गजेबले अर्को हप्ता विश्व बैङ्क र आइएमएफको बैठकमा वाशिङ्टनमा ऋणदातासँग छलफल गर्नेछन् ।

बैङ्क, महासङ र एकाइहरूमा जीएसटी समन्वयमा वास्तविक प्रगति गर्न माग गरेको छ,  । जीएसटी पोर्टलको थालनीसहित कर प्रणलीलाई सहज बनाउन दर समन्वय“ तिर अघि बढाउन माग गरेको छ ।

सहरी अचल सम्पत्तिको विषयमा बैङ्कले मुद्रास्फीति, बिमा मूल्याङ्कनजस्ता आधारमा वार्षिक अद्यावधिक गर्न तथा भाडा दरहरू बराबर गर्न मूल्याङ्कन तालिकाहरू लागू गर्न माग गरेको छ ।

कृषि आयकरका लागि बैङ्कले सरकारलाई भूमिको परिभाषा व्यवस्थित बनाउन, जमिनको आकारका आधारमा छुटमा पुनर्विचार गर्न र बाली क्षेत्रफल वा उत्पादन अनुमानका आधारमा साझा न्यूनतम दर निर्धारण गर्न आग्रह गरेको छ । साथै, सरकारले प्रति हेक्टर न्यूनतम दरहरू छुट्याउन सिँचाइ र निर्मित भवनहरू पनि समावेश गर्नुपर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गाजामा पाँच वर्षे युद्धविरामका लागि सबै बन्धकको रिहा गर्ने हमासको प्रस्ताव

कायरो । गाजामा जारी युद्ध अन्त्यका लागि हमासले सबै बन्धकलाई रिहा गर्ने र

पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागिताका लागि विश्वभरिका नेता तथा शुभेच्छुक भ्याटिकनमा भेला

भ्याटिकन सिटी । क्याथोलिक चर्चका प्रथम ल्याटिन अमेरिकी नागरिक तथा गरिब पक्षधर क्रिश्चियन

इरान र अमेरिकाबीच नयाँ चरणको आणविक वार्ता सुरु

ओमान । संयुक्त राज्य अमेरिका र इरानबीच ओमानमा शनिबारदेखि नयाँ चरणको आणविक वार्ता

अमेरिकामा दादुराका ८०० भन्दा बढी बिरामी भेटिएको पुष्टि

लस एन्जलस । अमेरिकामा यस वर्षको पहिलो तीन महिनामा दादुराका ८८४ बिरामी भेटिएको