एक करोड ११ लाखभन्दा बढी चिनियाँ प्रमुख रोगसम्बन्धी बीमाबाट लाभान्वित



सन् २०२३ मा चीनको प्रमुख रोगसम्बन्धी बिमाबाट करिब एक करोड १० लाख ५६ हजार शहरी तथा ग्रामीण बासिन्दा लाभान्वित भएका छन् ।

चीनले चिकित्सा खर्चबाट उत्पन्न हुने आर्थिक जोखिमलाई कम गर्न आधारभूत चिकित्सा बीमा, प्रमुख रोग बीमा र चिकित्सा सहायतासहितको तीन तहको स्वास्थ्य सेवा सुरक्षा प्रणाली स्थापना गरेको छ ।

आधारभूत चिकित्सा बीमाद्वारा सेवा लाभ गरेका करिब एक अर्ब व्यक्तिहरू पनि प्रमुख रोग बीमाद्वारा लाभान्वित भई अतिरिक्त शुल्कबाट मुक्त भएका छन् ।

हाल, कुनै निश्चित क्षेत्रमा प्रमुख रोग बीमाको लागि न्यूनतम भुक्तानी मापदण्ड अघिल्लो वर्ष स्थानीय बासिन्दाहरूको प्रतिव्यक्ति ‘डिस्पोजेबल आय’को ५० प्रतिशतभन्दा बढी हुनुहुँदैन र प्रतिपूर्ति दर उनीहरूको मेडिकल बिलको ६० प्रतिशतभन्दा कम हुनुहुँदैन । सबै करहरू भुक्तानी गरेपछि बाँकी आम्दानीलाई डिस्पोजेबल आय भनिन्छ ।

न्यूनतम निर्वाह भत्ता प्राप्त गर्ने, विशेष कठिनाइ भएका व्यक्ति हरू र गरिबीमा पर्ने वा फर्कने व्यक्तिहरूको लागि प्रतिपूर्ति दर ५ प्रतिशत बिन्दु बढी हुनुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गाजामा पाँच वर्षे युद्धविरामका लागि सबै बन्धकको रिहा गर्ने हमासको प्रस्ताव

कायरो । गाजामा जारी युद्ध अन्त्यका लागि हमासले सबै बन्धकलाई रिहा गर्ने र

पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागिताका लागि विश्वभरिका नेता तथा शुभेच्छुक भ्याटिकनमा भेला

भ्याटिकन सिटी । क्याथोलिक चर्चका प्रथम ल्याटिन अमेरिकी नागरिक तथा गरिब पक्षधर क्रिश्चियन

इरान र अमेरिकाबीच नयाँ चरणको आणविक वार्ता सुरु

ओमान । संयुक्त राज्य अमेरिका र इरानबीच ओमानमा शनिबारदेखि नयाँ चरणको आणविक वार्ता

अमेरिकामा दादुराका ८०० भन्दा बढी बिरामी भेटिएको पुष्टि

लस एन्जलस । अमेरिकामा यस वर्षको पहिलो तीन महिनामा दादुराका ८८४ बिरामी भेटिएको