अमेरिकी निजी क्षेत्रको रोजगारीमा वृद्धि


अमेरिकी निजी क्षेत्रको रोजगारी सङ्ख्या गत महिना अपेक्षाभन्दा निकै माथि आएको ‘पेरोल फर्म’ एडीपीले जनाएको छ ।
मार्चमा निजी क्षेत्रको रोजगारीमा एक लाख ८४ हजारले वृद्धि भएको एडीपीले जनाएको छ ।

अमेरिकी तथ्याङ्कअनुसार नयाँ रोजगारीको बजार पूर्वानुमान गरिएको एक लाख ५० हजारभन्दा निकै माथि अर्थात् करिब ३४ हजारले बढी हो । नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावअघि राष्ट्रपतिको आर्थिक रेकर्डबारे कुरा गर्न खोज्ने बाइडेन प्रशासनले रोजगारीको पछिल्लो तथ्याङ्कले राहत मिल्ने देखिएको छ ।

तर रोजगारीको तथ्याङ्कले फेडरल रिजर्भका गतिविधि र सम्भावित आगामी कदमलाई पनि सङ्केत गरेको छ । यसले ब्याज दर कटौतीको प्रारम्भिक सुरुवातको सम्भावनालाई कम गर्दछ ।

उच्च मुद्रास्फीतिकोबिरूद्धको अमेरिकाको करिब एक वर्ष लामो सङ्घर्षलाई पनि अन्त्य गर्ने सम्भावना बढ्ने र अमेरिकी श्रम बजारमा राहत मिल्ने सङ्केत गरेको छ ।