चिनियाँ कामदारमाथि बम विस्फोट गरेको आरोपमा पाकिस्तान प्रहरीद्वारा १२ जना पक्राउ



पाकिस्तान प्रहरीले गत साता पाँच चिनियाँ इन्जिनियर र उनीहरूको चालकको ज्यान जाने गरी भएको एक आत्मघाती बम विस्फोटका सिलसिलामा अफगान नागरिकसहित १२ भन्दा बढीलाई पक्राउ गरेको एक वरिष्ठ कानून प्रवर्तन स्रोतले मङ्गलबार बताएको छ ।

बेइजिङ इस्लामाबादको सबैभन्दा नजिकको क्षेत्रीय सहयोगी हो र पाकिस्तानको कमजोर अर्थतन्त्रमा एक प्रमुख लगानीकर्ता हो तर हालैका वर्षहरूमा चिनियाँ नागरिकहरूलाई प्राय इस्लामिक आतङ्कवादीहरूले निशाना बनाउने गरेका छन् ।

इन्जिजियरहरू र उनीहरूका पाकिस्तानी चालक उत्तरपश्चिमी पाकिस्तानमा चाइना गेजुवा ग्रुप कम्पनीले निर्माण गरिरहेको दासु जलविद्युत् बाँधस्थलतर्फ जाँदै गर्दा एक हमलाकारीले उसको सवारी ठोक्काएर विस्फोट गरेको थियो ।

नाम उल्लेख नगर्ने सर्तमा प्रहरी स्रोतले भनेको छ, “एक दर्जनभन्दा बढी संदिग्धलाई पक्राउ गरिएको छ, पक्राउ परेकामा केही अफगान नागरिक पनि छन् ।”

इस्लामाबादले पाकिस्तानमा हालै वृद्धि भएका हमलाहरूका लागि छिमेकी अफगानिस्तान जिम्मेबार रहेको दोष लगाएको छ र त्यहाँको तालिबान सरकारमाथि आफूमाथि सहानुभूति राख्ने आतङ्कवादीहरूमाथि नियन्त्रण गर्न असफल भएको आरोप लगाएको छ ।

काबुलमा तालिबान सरकारले आतङ्कवादीहरूलाई सुरक्षित आश्रय दिएको आरोपलाई बारम्बार अस्वीकार गर्दै आएको छ । यद्यपि वरिष्ठ प्रहरी स्रोतले भनेको छ, “प्रारम्भिक प्रमाणले पाकिस्तानस्थित तालिबानको घरेलु शाखाको संलग्नता देखाउँछ ।” उक्त शाखाको अफगान तालिबानसँग घनिष्ठ सम्बन्ध रहेको विश्लेषकहरूले बताएका छन् ।

तहिरक–ए–तालिबान पाकिस्तान (टिटिपी) को नामले चिनिने उक्त समूहले गत मङ्गलबार सार्वजनिकरूपमा
पछिल्लो हमलामा आफ्नो संलग्नतालाई अस्वीकार गरेको छ ।

बेइजिङले आफ्नो ‘बेल्ट एन्ड रोड’ पहलअन्तर्गत अर्बौं डलर लगानीको रक्षा गर्न उत्सुक इस्लामाबादको कूटनीतिक गतिविधिलाई बम विस्फोटले सङ्कटमा पारेको छ ।

प्रधानमन्त्री शहबाज शरिफले हिजो दासु निर्माण स्थलमा चिनियाँ कामदारहरूसँग भेट गर्दै पाकिस्तानले उनीहरूको सुरक्षाको प्रत्याभूति दिनका लागि ‘कुनै कसर नछाड्ने’ बताए । “हामीले सर्वोत्तम सम्भावित सुरक्षा उपायहरू नबनाएसम्म म आराम गर्दिनँ”, उनले कामदारहरूसँग भने, “हाम्रा बलिया हातहरूले दोषीहरूलाई चाँडै पक्रने छन् भन्ने म तपाईंहरूलाई आश्वासन दिन सक्छु ।”

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकासँगको व्यापार गतिरोधमा ‘इतिहासको सही पक्ष’ रहेको चीनको भनाइ

बेइजिङ। चीनका एक उच्च आर्थिक अधिकारीले सोमबार बेइजिङ संयुक्त राज्य अमेरिकासँगको कठिन व्यापार

आईसीआरसी निर्देशकद्वारा गाजामा युद्ध पुनः सुरु भएकोमा चिन्ता व्यक्त

डोहा । अन्तर्राष्ट्रिय रेड क्रस समिति (आईसीआरसी) का निर्देशक पियरे क्राहनबुलले सोमबार गाजामा

यमनमा अमेरिकाद्वारा आठ सयभन्दा बढी हवाई हमला, ६८ जनाको मृत्यु

यमन । यमनमा हुथी विद्रोहीहरू विरुद्ध अमेरिकी सेनाले हाल एक महिना लामो सैन्य

नोबेल पुरस्कार विजेताहरूद्वारा ट्रम्प र पुटिनलाई आणविक निःशस्त्रीकरणका लागि भेट्न आग्रह

जेनेभा । आणविक हतियारहरू निर्मूल गर्न अभियान चलाइरहेका नोबेल शान्ति पुरस्कार विजेता तीन