फिलिपिन्सको व्यापार तथा उद्योग विभाग (डीटीआई) का अनुसार सन् २०२३ मा पहिलो पटक फिलिपिन्सको निर्यात एक खर्ब तीन अर्ब अमेरिकी डलर पुगेको छ ।
यो सन् २०२२ को तुलनामा ४ दशमलव ८ प्रतिशत भन्दाबढी हो । देशको केन्द्रीय बैङ्क बाङ्को सेन्ट्रल एनजी पिलिपिनास (बीएसपी) को तथ्याङ्क उदृत गर्दै डीटीआई सचिव अल्फ्रेडो पास्कुएलले सूचना प्रविधि र व्यापार प्रक्रिया व्यवस्थापन क्षेत्रको बलियो प्रदर्शन र पर्यटन राजस्वमा आएको सुधारले वृद्धिलाई बढावा दिएको बताए ।
बढ्दो पर्यटन सञ्जाल र प्रबद्र्धनात्मक प्रयासका कारण फिलिपिन्सले १५ वर्षमा पहिलो पटक पर्यटन राजस्वमा अधिक रेकर्ड गरेको छ । सन् २०२३ मा फिलिपिन्सको पर्यटन राजस्व सन् २०२२ को स्तरभन्दा दोब्बर भन्दा बढी अर्थात् ९ दशमलव १ अर्ब डलर पुगेको छ ।

प्रतिक्रिया