इस्तानबुलमा एर्दोगान पक्षधर उम्मेद्वार इमामोग्लुद्वारा नगर प्रमुखमा पुनः पराजित


इस्तानबुल नगरको निर्वाचनमा एकरेम इमामोग्लुको दोस्रो विश्वासिलो जितले उनलाई सन् २०२८ को राष्ट्रपतीय चुनावको दौडमा उत्प्रेरित गर्ने देखिएको छ ।

सन् २०१९ मा पहिलो पटक टर्कीको विशाल शहरको मेयर बनेका ५२ वर्षीय इमामोग्लुले आइतबार एर्दोगानको प्रतिनिधि मुरत कुरमलाई देशको आर्थिक शक्ति केन्द्रका रूपमा चिनिने इस्तानबुलमा पराजित गरेका छन् । कुरमले यसपहिले टर्कीको वातावरण मन्त्रीका रूपमा समेत जिम्मेवारी सम्हालेका थिए ।

“भोलि हाम्रो देशका लागि वसन्तऋतुको नयाँ दिन हो,” इमामोग्लुले आफ्नो ट्रेडमार्क छोटो बाहुला भएको सर्ट र फ्रेमको अर्धघेरासहितको चश्मा लगाएर आइतबार अबेर राति आफ्नो पुनः निर्वाचनको जयजयकार गरिरहेका दशौं हजार उत्साही समर्थकहरूलाई निर्वाचनमा आफुलाई जिताएकोमा धन्यवाद दिए ।

सोसल डेमोक्र्याटिक रिपब्लिकन पिपुल्स पार्टी (सीएचपी) का उम्मेदवार इमामोग्लुले चुनावी अभियानको अधिकांश समय एर्दोआनलाई लक्षित गरेर खर्च गरेका थिए ।

सन् २०१९ मा इमामोग्लुले एर्दोआनको जस्टिस एन्ड डेभलपमेन्ट पार्टी (एकेपी) र यसका सहयोगीहरूको २५ वर्ष लामो शासनको अन्त्य गरेको थियो ।

सहज रूपमा कुरा गर्ने इमामोग्लुको जीतमाथि अनियमितताको आरोप लगाउँदै सुरुमा मत परिणामलाई रद्द गरिएको थियो । तर तीन महिनापछि पुनः भएको निर्वाचनमा उनले अझ ठूलो अन्तरले जित हासिल गरेपछि एदोगान सरकारलाई परिणाम स्विकार्नुको कुनै विकल्प थिएन ।

इमामोग्लु अहिले टर्कीका सबैभन्दा लोकप्रिय राजनीतिज्ञहरूमध्ये एक बन्नेछन् । यद्यपि उनलाई कानुनी कारबाहीको निशाना बनाइने गरिएको छ ।