भारतको पश्चिम बङ्गालमा आँधीका कारण पाँच जनाको मृत्यु, एकसय भन्दाबढी घाइते


भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा आएको आँधीका कारण कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै १०० भन्दा बढी घाइते भएका अधिकारीहरूले सोमबार जानकारी दिएका छन् ।

आँधी जलपाईगुडी जिल्लाका विभिन्न भागमा आइतबार आएको थियो । बाढीले जलपाइगुडी शहर र छिमेकी मैनागुरीका धेरै क्षेत्रका धेरै घरहरूमा क्षति पुर्याएको छ र रूखहरू उखेलेको छ ।

“आँधीका कारण पाँच जनाको मृत्यु हुनुका साथै १०० भन्दा बढी घाइते भएका छन्,” एक अधिकारीले भने । पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बेनर्जीका अनुसार जिल्ला प्रशासन, प्रहरी, विपद् व्यवस्थापन अधिकारी र द्रुत प्रतिकार्य टोलीहरू उद्धार र राहत प्रदान गर्न सक्रिय भएका छन् ।

उनले प्रभावितलाई सुरक्षित स्थानमा सारिएको जानकारी दिइन् । जलपाईगुडीमा हावाहुरीसँगै आएको असिनापानीले ८०० घरमा क्षति पुर्याउनुका साथै रूख तथा बिजुलीका खम्बाहरू उखेलेको छ ।

आँधीको असर जलपाईगुडीका छिमेकी जिल्लाहरू कूचबिहार र अलिपुरद्वारमा पनि महसुस गरिएको थियो ।

भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार जलपाईगुडी जिल्लामा स्थानीय समयअनुसार आइतबार दिउँसो ३ः३० बजेतिर आँधी आएको थियो र यो करिब १० मिनेटसम्म चलेको थियो ।

प्रत्यक्षदर्शीलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले टिस्टा नदी क्षेत्रबाट ठूलो आवाजसहित शुरु भएको आँधीका कारण रूखहरू ढलेका र धेरै घरहरूमा क्षति पुर्याएको उल्लेख गरेका छन् ।