केजरीवाललाई थप १५ दिन हिरासतमा राख्न अनुमति


अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अप्रिल १५ सम्म थुनामा राख्न अनुमति दिएको छ । दिल्लीको राउज एभिन्यू अदालतले सोमबार उनलाई थप १५ दिन थुनामा राख्न अनुमति दिएको हो ।

यसअघि अकेजरीवाल प्रवर्तन निर्देशनालय (ईडी) को हिरासतमा थिए । ईडीले अदालतमा केजरीवालले सोधपुछ गर्दा सहयोग नगरेको र मोबाइलको पासवर्डसमेत नदिएको दाबी गरेको थियो ।

केजरीवाललाई दिल्ली सरकारको मदिरा नीतिमा अनियमितता गरेको आरोपमा मार्च २१ मा पक्राउ गरिएको थियो।