रुसी मिसाइल आक्रमणबाट युक्रेनको सबैभन्दा ठूलो थर्मल पावर प्लान्ट ध्वस्त


युक्रेनको पूर्वी खार्किभ क्षेत्रमा जमिभ्स्का थर्मल पावर प्लान्ट रुसी मिसाइल हमलामा ध्वस्त भएको छ । मार्च २२ मा मिसाइल हमलाले प्लान्टको सबै एकाइलाई नष्ट बनाएको र सहायक उपकरण क्षतिग्रस्त भएको कम्पनीले बताएको छ ।

हाल कामदारहरूले अहिले पनि साइटमा भग्नावशेष सफा गरिरहेका छन् । मार्च २२ मा रुसले युक्रेनमाथि ८८ वटा मिसाइल र ६३ वटा शाहिद लडाकू ड्रोन प्रहार गरेको बताइएको छ ।

यसलाई युक्रेनी अधिकारीहरूले मुलुकको ऊर्जा पूर्वाधारमा अहिलेसम्मको सबैभन्दा ठूलो हमला भनेका छन् । मिडिया रिपोर्टका अनुसार दुई हजार दुई सय मेगावाट क्षमताको जमिभ्स्का टिपिपी पूर्वी युक्रेनमा सबैभन्दा ठूलो विद्युत् उत्पादन प्लान्ट हो ।