चिनियाँ विदेशमन्त्री वाङ न्युजिल्यान्ड भ्रमणमा



 

चीनका विदेशमन्त्री वाङ यीले सोमबार न्युजिल्यान्डको दुर्लभ भ्रमण गरेका छन् । भ्रमणका क्रममा उनले ’अस्तव्यस्त अन्तर्राष्ट्रिय परिस्थिति’ को सामना गर्दै ‘मित्रहरू’ सँग काम गर्ने आवश्यकतामा जोड दिएका छन् ।

वाङको यो भ्रमणले न्युजिल्यान्ड र अस्ट्रेलियामार्फत कूटनीतिक आक्रमणको सुरुवातलाई सङ्केत गर्दछ । सन् २०१७ पछि वाङको यो कुनै पनि मुलुकको पहिलो भ्रमण हो । बेइजिङले घरेलुस्तरमा सुस्त आर्थिक वृद्धिबाट हुने पीडालाई कम गर्न चाहेको बेला भ्रमणमा व्यापारमाथि व्यापक ध्यान केन्द्रीत हुने अपेक्षा गरिएको छ ।

न्युजिल्यान्डका आफ्ना समकक्षीसँगको भेटअघि राजधानी वेलिङ्टनमा बोल्दै वाङले आफ्नो भ्रमण ताइवान र दक्षिण चीन सागर जस्ता मुद्दामा बेइजिङको आक्रामक अडान अपनाएकाले तनावमा परेको कूटनीतिक सम्बन्धलाई सदृढ बनाउने अवसर भएको बताए ।

“वर्तमान अस्तव्यस्त अन्तर्राष्ट्रिय परिस्थितिको सामना गर्दै साझा चासोका अन्तर्राष्ट्रिय र क्षेत्रीय मुद्दाहरूमा न्युजिल्यान्डका हाम्रा मित्रहरूसँग रणनीतिक सञ्चार सुदृढ बनाउन हामी इच्छुक छौँ”, न्युजिल्यान्डका विदेशमन्त्री विन्स्टन पिटर्ससँगको बैठकअघि उनले भने, “साथै हामी यस क्षेत्र र विश्वमा शान्ति तथा स्थिरता कायम राख्न मिलेर काम गर्नेछौँ ।”

न्युजिल्यान्ड संयुक्त राज्य अमेरिका, क्यानाडा, संयुक्त अधिराज्य र अस्ट्रेलियासँग फाइब आइज गुप्तचर साझेदारी गठबन्धनको हिस्सा हो । यद्यपि आफ्नो व्यापारिक सम्बन्धलाई आफ्ना सहयोगीहरूको चिन्ताभन्दा माथि राखेर चीनमाथि नरम व्यवहार अपनाएकामा वेलिङ्टनको आलोचना गरिएको छ ।

चीन न्युजिल्यान्डको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो र चिनियाँ उपभोक्ताहरू लामो समयदेखि न्युजिल्यान्डको मासु, मदिरा, दूध र काठमा निर्भर छन् । यसै साताको अन्त्यमा वाङले क्यानबेरामा अस्ट्रेलियाली विदेशमन्त्री पेनी वोङसँग भेट गर्नेछन् ।

चीन र अस्ट्रेलियाले हालै व्यापार विवादहरूको एउटा शृङ्खलाको समाधान गरेका छन् । क्यानबेराले फाइब जी सम्झौताबाट हुवावेलाई प्रतिबन्ध लगाएको र कोभिड–१९ को उत्पत्तिको जाँचको आह्वान गरेको जवाफमा बेइजिङले सन् २०२० मा प्रमुख निर्यातहरूमा शुल्क र व्यापार अवरोध लगाएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गाजामा इजरायली हमलामा ४८ घण्टामा ९० जनाभन्दा बढीको मृत्यु

गाजापट्टी । गाजामा इजरायली आक्रमणमा पछिल्लो ४८ घण्टामा ९० भन्दा बढीको ज्यान गएको

डुङ्गामा आगलागी हुँदा कङ्गोमा १४३ जनाको मृत्यु

किन्शासा । डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गोमा इन्धन बोकेको डुङ्गामा आगलागी हुँदा कम्तीमा १४३

ईस्टर पर्वको पूर्वसन्ध्यामा श्रीलङ्काको चर्चमा गोली प्रहार

कोलम्बो । श्रीलङ्काको एक चर्चमा शुक्रबार बेलुकी गोली प्रहार भएको छ। प्रहरीले जानकारी

ईरान र अमेरिका आणविक विषयमा रोममा दोस्रो चरणको उच्चस्तरीय वार्ता गर्दै

रोम । इरान र संयुक्त राज्य अमेरिका बीच तेहरानको आणविक कार्यक्रमसम्बन्धी दोस्रो चरणको