म्याक्रोंन युक्रेन भ्रमणमा जाने



 

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले ‘आगामी साताहरू’ मा यसअघि स्थगित भएको युक्रेनको भ्रमण गर्दैछन् । उनले फेब्रुअरीमा युक्रेनको भ्रमण गर्ने बताएका थिए । यसअघि उक्त भ्रमण मार्चको मध्यअघि हुने सङ्केत दिएका थिए ।

सन् २०२२ फेब्रुअरीमा पूर्णस्तरको रुसी आक्रमणको सुरुआतपछि म्याक्रोनको यो दोस्रो युक्रेन भ्रमण हो । उक्त वर्ष उनले जर्मन चान्सलर ओलाफ सोल्स र इटालीका तत्कालीन प्रधानमन्त्री मारियो द्राघीसँग किएभको भ्रमण गरेका थिए ।

फ्रान्सेली राष्ट्रपतिले हालैका साताहरूमा युक्रेनका लागि समर्थन बढाउने आफ्नो आह्वानले रुसलाई चिढ्याएका छन् । क्रेमलिनले गत साता युक्रेन युद्धमा उनले फ्रान्सको संलग्नता बढाइरहेको चेतावनी दिएको थियो ।

राष्ट्रपति निवास एलिसीले विज्ञप्तिमा भनेको छ, “आइतबार साँझ म्याक्रोनले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग कुराकानी गर्नुभयो र दुवै जना निकट सम्पर्कमा रहन सहमत हुनुभयो, राष्ट्रपति म्याक्रोनको युक्रेन भ्रमण आगामी साताहरूमा हुनुपर्दछ ।”

विज्ञप्तिमा युक्रेनको आगामी भ्रमणका बारेमा अन्य कुनै विवरण नदिइए पनि फ्रान्सेली सञ्चार माध्यमहरूका अनुसार म्याक्रोनको भ्रमण सुरक्षाका कारण बारम्बार स्थगित गरिएको हो । म्याक्रोनले फेब्रुअरीको मध्यमा पेरिसमा जेलेन्स्कीलाई स्वागत गरेका थिए । उक्त अवसरमा दुवै नेताले द्विपक्षीय सुरक्षा सम्झौतामा हस्ताक्षर गरेका थिए ।

गत साता दक्षिणी युक्रेनी बन्दरगाह सहर ओडेसामा जेलेन्स्की र भ्रमणमा रहेका ग्रिक प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसको मोटरकाडनजिकै घातक रुसी क्षेप्यास्त्र आक्रमण भएको देखिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकासँगको व्यापार गतिरोधमा ‘इतिहासको सही पक्ष’ रहेको चीनको भनाइ

बेइजिङ। चीनका एक उच्च आर्थिक अधिकारीले सोमबार बेइजिङ संयुक्त राज्य अमेरिकासँगको कठिन व्यापार

आईसीआरसी निर्देशकद्वारा गाजामा युद्ध पुनः सुरु भएकोमा चिन्ता व्यक्त

डोहा । अन्तर्राष्ट्रिय रेड क्रस समिति (आईसीआरसी) का निर्देशक पियरे क्राहनबुलले सोमबार गाजामा

यमनमा अमेरिकाद्वारा आठ सयभन्दा बढी हवाई हमला, ६८ जनाको मृत्यु

यमन । यमनमा हुथी विद्रोहीहरू विरुद्ध अमेरिकी सेनाले हाल एक महिना लामो सैन्य

नोबेल पुरस्कार विजेताहरूद्वारा ट्रम्प र पुटिनलाई आणविक निःशस्त्रीकरणका लागि भेट्न आग्रह

जेनेभा । आणविक हतियारहरू निर्मूल गर्न अभियान चलाइरहेका नोबेल शान्ति पुरस्कार विजेता तीन