युरोपमा जारी नेटो अभ्यासले तनाव निम्त्याउने रुसको भनाई
हाल जारी ’नेटो स्ट्याडफास्ट डिफेन्डर सैन्य’ अभ्यासले तनाव बढाउँदै विश्वव्यापी स्थिरतालाई कमजोर बनाउने रुसी सुरक्षा परिषद्का सचिव निकोलाई पात्रुसेभले टिप्पणी गरेका छन् ।
युरोपमा जारी सैन्य अभ्यास रूससँग सशस्त्र टकरावको परिदृश्य जस्तो प्रतीत हुने पत्रुशेभले उल्लेख गरेका हुन् । उनले वर्तमान इतिहासमा संयुक्त राज्य अमेरिकाको विनाशकारी भूमिका स्पष्ट रहेको उल्लेख गरेका छन् ।
सुरक्षा सचिव पत्रुसेभका अनुसार नेटो गठबन्धनले रुसको पश्चिमी सिमानातर्फ गतिविधि विस्तार गरिरहँदा यसमा वाशिङ्गटनको प्रभाव देखिएजस्तो अनुभूति भएको बताए ।
नेटो ब्लकले एशिया–प्रशान्त र आर्कटिक क्षेत्रमा आफ्नो उपस्थिति बढाउने योजना बनाएको पनि उनको धारणा छ । पात्रुसेभले नेटोका सदस्य राष्ट्रहरूले सन् २०२४ मा रक्षा खर्च बढाइरहेका छन् जसले ती देशहरूको बढ्दो आक्रामक प्रकृति झल्काउने बताए ।