वैज्ञानिकहरुद्वारा पृथ्वीकै ठूला बालुवाका ढिस्कोका रहस्य फेला



बीबीसी । पृथ्वीको सबैभन्दा ठूलो र जटिल प्रकारमध्ये एउटा बालुवाको ढिस्कोको उमेर पहिलो पटक गणना गरिएको छ । विशेष खालका आकार भएका कारण यिनीहरूलाई अङ्ग्रेजीमा स्टार ड्यून्स अथवा पिरामिड ड्यून्स नाम दिइएको छ। बालुवाका यी विशेष ढिस्काहरू सयौँ मिटर अग्ला हुन्छन्।

यस्ता ढिस्काहरू अफ्रिका, एसिया र उत्तर अमेरिकासहित मङ्गल ग्रहसम्म भेटिएका छन् तर विज्ञहरूले अहिलेसम्म ती ढिस्काहरू कहिले बनेका थिए भनेर पत्ता लगाउन सकेका थिएनन् । अहिले भने वैज्ञानिकहरूले मोरोक्कोमा रहेको लाला लालिया नामको बालुवाको ढिस्को १३ हजार वर्ष पहिले बनेको पत्ता लगाएका छन् ।

स्टार ड्यून्स विपरीत तर्फबाट आएको हावाका कारण बन्ने गर्छन्। बालुवाको ढिस्कोको उमेरले वैज्ञानिकलाई ती हावाबारे बुझ्न मद्दत गर्छ जसले त्यो समयको जलवायुबारे बुझ्न सहयोग गर्ने युनिभर्सिटी अफ अबरिस्टविथका प्राध्यापक जियोफ ड्यूलरले भने।

उनले बर्कबेक युनिभर्सिटीस्थित प्राध्यापक चार्ल्स ब्रिस्टोसँग मिलेर आफ्नो अनुसन्धान प्रकाशित गरेका छन् लाला लालिया (रैथाने अमेजिया नाम जसको अर्थ पवित्र उच्च विन्दु हुन्छ) दक्षिण–पूर्वी मोरोक्कोस्थित एर्ग चेबी स्यान्ड सीमा अवस्थित छ। यो एक सय मिटर अग्लो र ७०० मिटर चौडा फैलिएको छ । सुरुमा बनेपछि यो करिब ८००० वर्षसम्म वृद्धि हुन छोडेको थियो ।

त्यसपछिका पछिल्ला केही हजार वर्षहरूमा भने तीव्र रूपमा यसको आकार वृद्धि भएको छ । सामान्यतः मरुभूमिहरूको पहिचान पृथ्वीको भौगर्भिक इतिहासमा गर्न सकिन्छ। हुन्छ तर अहिलेसम्म स्टार ड्यून्सबारे जानकारी भने पाइन्नथ्यो ।

वैज्ञानिकहरूले स्टार ड्यूनको उमेर पत्ता लगाउन लुमनेसेन्स प्रविधिको प्रयोग गरेका थिए । यो विधिले बालुवाको कणमा पछिल्लो पटक कहिले दिनको उज्यालो परेको थियो भन्ने गणना गर्छ । त्यस्ता तत्वहरूले प्राकृतिक वातावरणमा भएको रेडियोएक्टिभिटीबाट आएको ऊर्जालाई बालुवाको कणमा सञ्चित गर्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सोमालियाली समुद्री डाकुहरुसँग फिरौती तिरी पानीजहाज फिर्ता

सोमालियाली समुद्री डाकुहरूले बङ्गलादेशको ध्वजाबाहक मालवाहक पानीजहाज र त्यसका चालक दलका २३ सदस्यलाई

भारतमा निर्वाचनअघि सामाजिक खर्च बढाउने र मुलुकलाई उत्पादनको केन्द्र बनाउने मोदीको वाचा

  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार आफ्नो भारतीय जनता पार्टी (भाजपा) को चुनावी

इन्डोनेसियामा पहिरोमा परी १५ जनाको मृत्यु, दुई बेपत्ता

  मध्य इन्डोनेसियामा पहिरोमा परी कम्तीमा १५ जनाको मृत्यु तथा दुई जना बेपत्ता

जर्मन चान्सलर स्कोल्ज चीन भ्रमणमा

जर्मनीको सबैभन्दा ठूलो व्यापारिक साझेदारसँग आर्थिक सम्बन्ध विस्तार गर्ने उद्देश्यका साथ जर्मनीका चान्सलर