कम्बोडिया र बेलायत बीच सांस्कृतिक सम्बन्ध विस्तार हुँदै



कम्बोडिया र बेलायतले द्विपक्षीय सांस्कृतिक सम्बन्ध र आपसी समझदारीलाई थप विस्तार गर्न सहमति जनाएका छन् । कम्बोडियाका संस्कृति तथा ललितकला मन्त्री फ्युरङ साकोना र कम्बोडिया भ्रमणमा रहनु भएका बेलायती इन्डो–प्यासिफिक राज्यमन्त्री एनी मारी ट्रेभल्यानबीच उक्त सम्झौता राजधानी नोम पेन्हमा भएको हो ।

कम्बोडियाको संस्कृति तथा ललित कला मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ– “दुवै पक्ष पुरातन वस्तुहरूको अवैध तस्करी रोक्न सहमत भएका छन्।“
मन्त्री साकोनाले आफ्नो देशबाट लुटिएका महत्त्वपूर्ण पुरातात्विक वस्तुहरू फिर्ता गरेकामा बेलायतलाई विशेष धन्यवाद पनि व्यक्त गरेका छन् ।
सन् २०२३ फेब्रुअरीमा बेलायतले युद्धकालमा लुटिएका ७७ वटा पुराना गहना कम्बोडियालाई फिर्ता गरेको थियो। यसैगरी सन् २०१७ डिसेम्बरमा पनि एङ्कोरियन कालका १० वटा स्वर्ण आभूषण कम्बोडियालाई फिर्ता गरिएको थियो गर्यो।

बेलायती राज्यमन्त्री दुई देश बीचको व्यापार, आर्थिक विकास र शिक्षा क्षेत्रको सहकार्यलाई सुदृढ गर्ने उद्देश्यले ३ दिने भ्रमणका क्रममा शनिबार नोम पेन्ह आइपुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सोमालियाली समुद्री डाकुहरुसँग फिरौती तिरी पानीजहाज फिर्ता

सोमालियाली समुद्री डाकुहरूले बङ्गलादेशको ध्वजाबाहक मालवाहक पानीजहाज र त्यसका चालक दलका २३ सदस्यलाई

भारतमा निर्वाचनअघि सामाजिक खर्च बढाउने र मुलुकलाई उत्पादनको केन्द्र बनाउने मोदीको वाचा

  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार आफ्नो भारतीय जनता पार्टी (भाजपा) को चुनावी

इन्डोनेसियामा पहिरोमा परी १५ जनाको मृत्यु, दुई बेपत्ता

  मध्य इन्डोनेसियामा पहिरोमा परी कम्तीमा १५ जनाको मृत्यु तथा दुई जना बेपत्ता

जर्मन चान्सलर स्कोल्ज चीन भ्रमणमा

जर्मनीको सबैभन्दा ठूलो व्यापारिक साझेदारसँग आर्थिक सम्बन्ध विस्तार गर्ने उद्देश्यका साथ जर्मनीका चान्सलर