हाइटीमा रात्रिकालीन कर्फ्यु र सङ्कटकाल घोषणा



हाइटीको सरकारले राजधानी शहरको मुख्य कारागारमा भएको सामूहिक आक्रमणबाट उत्पन्न हिंसाको लहरलाई दबाउन सङ्कटकालीन अवस्था र रातको समयमा कर्फ्युको घोषणा गरेको छ ।

सरकारले एक विज्ञप्ति जारी गर्दै आपतकालीन अवस्था र आइतबारदेखि बुधबारसम्म साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लागू हुने जनाएको छ ।

स्थानीय पत्रकारले जेलमा राखिएका करिब चार हजार व्यक्तिमध्ये अधिकांशलाई भगाइएको पाइएको बताएका छन् ।

जेलबाट भगाइएकामध्ये सन् २०२१ मा तत्कालीन राष्ट्रपति जोभनेल मोइजको हत्यामा संलग्न रहेको अभियोगमा दोषी ठहर भई सजाय काटिरहेका व्यक्तिहरू पनि रहेका छन् ।

अमेरिकी देशमध्ये निकै विपन्न हेइटीमा पछिल्ला वर्षमा हिंसा बढ्दै गएको छ ।सुरक्षाका लागि घोषणा गरिएका भनिएका दुवै उपाय राजधानी पोर्ट–ओ–प्रिन्ससहित ओएस्ट क्षेत्रमा लागू हुनेछ र आवश्यकता अनुसार थप हुँदै जानेछ । हाललाई अर्को सूचना नआएसम्मका लागि यी सुरक्षा उपायहरू लागू भएको जनाइएको छ ।

पछिल्लो समय अपनाइएका हिंसा नियन्त्रणका उपायहरू हिंसाग्रस्त क्षेत्रमा ‘ पुनः सुव्यवस्था स्थापित गर्न र स्थितिलाई सामान्य बनाउन’ अवलम्बन गरिएको सरकारले जनाएको छ ।

आर्थिक मामिला मन्त्री प्याट्रिक मिचेल बोइसभर्टले देशको कार्यवाहक प्रधानमन्त्रीको हैसियतमा उक्त वक्तव्यमा हस्ताक्षर गरेका छन् ।

प्रधानमन्त्री एरियल हेनरी गत सातासंयुक्त राष्ट्रसङ्घको समर्थन प्राप्त कानून र व्यवस्था मिसनको नेतृत्व गर्न पूर्वी अफ्रिकी देशबाट प्रहरी खटाउने सम्झौतामा हस्ताक्षर गर्न केन्यामा रहेका समय उक्त हिंसा भड्किएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सोमालियाली समुद्री डाकुहरुसँग फिरौती तिरी पानीजहाज फिर्ता

सोमालियाली समुद्री डाकुहरूले बङ्गलादेशको ध्वजाबाहक मालवाहक पानीजहाज र त्यसका चालक दलका २३ सदस्यलाई

भारतमा निर्वाचनअघि सामाजिक खर्च बढाउने र मुलुकलाई उत्पादनको केन्द्र बनाउने मोदीको वाचा

  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार आफ्नो भारतीय जनता पार्टी (भाजपा) को चुनावी

इन्डोनेसियामा पहिरोमा परी १५ जनाको मृत्यु, दुई बेपत्ता

  मध्य इन्डोनेसियामा पहिरोमा परी कम्तीमा १५ जनाको मृत्यु तथा दुई जना बेपत्ता

जर्मन चान्सलर स्कोल्ज चीन भ्रमणमा

जर्मनीको सबैभन्दा ठूलो व्यापारिक साझेदारसँग आर्थिक सम्बन्ध विस्तार गर्ने उद्देश्यका साथ जर्मनीका चान्सलर