अफ्रिकाको हर्नमा एक करोड ८० लाख मानिस विस्थापित



हर्न अफ अफ्रिका क्षेत्रमा करिब १ करोड ८० लाख मानिस आन्तरिक रूपमा विस्थापित भएका अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले जनाएको छ ।

संयुक्त राष्ट्रसंघको आप्रवासन एजेन्सीले विस्थापित जनसङ्ख्या अधिकांश सुडान (४९ प्रतिशत), सोमालिया (१९ प्रतिशत), इथियोपिया (१९ प्रतिशत) र दक्षिण सुडान (११ प्रतिशत) रहेको उल्लेख गरेको छ।

“सुडानमा द्वन्द्वको प्रकोपका कारण ८१ लाख मानिस जबरजस्ती विस्थापित भएको पाइएको छ जसमा आन्तरिक रूपमा ६३ लाख र छिमेकी देशहरूमा १९ लाख,“ रहेको आईओएमले जनाएको छ ।

यस क्षेत्रमा विस्थापनका अन्य कारणहरू ’एल निनो’ वर्षासँग जोडिएको खडेरी र बाढी जस्ता प्राकृतिक प्रकोपहरू रहेको विज्ञहरूले बताएका छन् । प्राकृतिक प्रकोपका कारण सृजित खाद्य असुरक्षा पनि विस्थापनको मुख्य कारण बनेको छ ।

आगामी महिनाहरूमा आन्तरिक रूपमा विस्थापित व्यक्तिहरूको सङ्ख्या बढ्न सक्ने अनुमान छ किनभने यस क्षेत्रमा मार्च र मे महिनामा भारी वर्षा हुने र वर्षाजन्य प्रकोप बढ्न सक्ने पूर्वानुमान गरिएको छ।

विकाससम्बन्धी अन्तरसरकारी प्राधिकरण जलवायु पूर्वानुमान केन्द्रले हालै गरेको पूर्वानुमानमा प्राकृतिक प्रकोपबाट सोमालिया, केन्या, इथियोपिया र दक्षिण सुडानका साथै युगान्डा र तान्जानिया बढी प्रभावित हुनसक्ने देखिन्छ । प्रतिवेदनका अनुसार अनुसार हालैको बाढी, द्वन्द्व र खडेरीका कारण अफ्रिकाको ग्रेटर हर्न क्षेत्रमा लगभग ५ करोड ८० लाख मानिसहरू खाद्य असुरक्षामा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति डेनियल हत्याको कथित षड्यन्त्रमा इक्वेडर ‘अधिकतम सतर्कता’ मा

क्विटो । हालै पुनः निर्वाचित राष्ट्रपति डेनियल नोबोआ विरुद्धको कथित हत्याको षड्यन्त्रलाई लिएर

अमेरिकामा राष्ट्रपति ट्रम्पविरुद्ध प्रदर्शन

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिकोविरुद्धमा हजारौँ नागरिकले प्रदर्शन गरेका छन् ।

हमासको सशस्त्र शाखाद्वारा बन्धकलाई जीवित देखाउने भिडियो सार्वजनिक

गाजासिटी । हमासको सशस्त्र शाखाले शनिबार गाजामा जीवित इजरायली बन्धक हिब्रू भाषामा टेलिफोनमा

पाकिस्तान प्रहरीद्वारा केएफसी हमलामा संलग्न १६० जना पक्राउ

इस्लामाबाद । भिडले केएफसी रेस्टुरेन्टमा २० वटा छुट्टै आक्रमण गरेपछि करिब एक सय