ग्रीसले आर्मेनिया–अजरबैजान बीचको शान्ति प्रयासलाई समर्थन गर्ने



ग्रीसले आर्मेनिया र अजरबैजान बीचको शान्ति सन्धिका लागि गरिने सबै कूटनीतिक प्रयासहरूलाई समर्थन गर्ने ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले बताएका छन् ।

‘हामी सधैं अन्तरराष्ट्रिय कानुनको पक्षमा उभिन्छौं, हामी सबै देशको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान गर्न प्रतिबद्ध छौं। हामी मतभेद समाधान गर्न वार्ताको शक्तिमा विश्वास गर्छौं,’ उनले आफ्नो वक्तव्यमा भनेका छन् । हामी मतभेद समाधान गर्न वार्ताको बलमा विश्वास गर्छौं,’ उनले आफ्नो भ्रमणमा रहेका आर्मेनियाली समकक्षी निकोल पाशिन्यानसँगको संयुक्त वक्तव्यमा उल्लेख गरेका छन् ।

‘हामी आशा गर्छौं कि दुई देशका विदेश मामिला मन्त्रीहरूको आगामी बैठकमा प्रगतिका चरणहरू हासिल गर्न सकिन्छ,’ पशिन्यानले भने । यस महिनाको शुरुमा म्युनिखमा भएको शान्ति सम्झौताबारे छलफल गर्न आर्मेनिया र अजरबैजानका विदेशमन्त्रीहरूले बुधबार र बिहीबार बर्लिनमा भेट्दैछन् ।

पशिन्यानले आर्मेनिया र युरोपेली संघ बीचको सहयोगलाई समर्थन गरेकोमा ग्रीसलाई धन्यवाद पनि दिएका छन् । अर्मेनिया र अजरबैजान सन् १९८८ देखि अजरबैजानको हिस्साको रूपमा अन्तराष्ट्रिय रूपमा मान्यता प्राप्त विवादित क्षेत्र नागोर्नो–काराबाखलाई लिएर विवादमा छन्। त्यसबेलादेखि छिटपुट झडप भए पनि युद्धविराम भङ्ग भएपछि सन् १९९४ देखि शान्ति वार्ता चलिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मणिपुरमा फेरि तनाव, पाँच जनाको मृत्यु

भारतको द्वन्द्वग्रस्त उत्तरपूर्वमा शनिबार भएको झडपमा कम्तिमा पाँच जनाको मृत्यु भएको छ । युद्धग्रस्त

गाजा युद्ध १२ औं महिनामा प्रवेश, युद्धविरामको सम्भावना अझै क्षीण

गाजामा इजरायल र हमासबीचको युद्ध शनिबार १२ औँ महिनामा प्रवेश गरेको छ ।

विश्व व्यवस्थामाथि खतरा बढेको बेलायत र अमेरिकाका गुप्तचर प्रमुखको चेतावनी

अमेरिकी गुप्तचर निकाय (सिआइए) का निर्देशक बिल बन्र्स र बेलायतको एमआई–सिक्सका प्रमुख रिचार्ड

वेस्ट बैङ्कमा भएको हत्याको स्वतन्त्र छानबिन गर्न माग

वेस्ट बैङ्कमा इजरायली बस्तीको विरोधमा प्रदर्शन गर्ने क्रममा टर्की र अमेरिकाको दोहोरो नागरिकता