नर्वेका प्रधानमन्त्रीले चीनसँगको सहकार्य थप प्रगाढ बनाउने बताएका छन् । नर्वेका प्रधानमन्त्री जोनास गाहर स्टोरले ऊर्जा र जलवायु परिवर्तन जस्ता विभिन्न क्षेत्रमा चीनसँगको सहयोग विस्तार गर्न आफ्नो प्रशासनको गहिरो चासो व्यक्त गरेका छन् ।
उनले आफूहरुले चीनसँग व्यापक सहयोग आदान–प्रदान गर्न चाहेको बताए । चीनको विश्वव्यापी प्रभावलाई उजागर गर्दै उनले विश्व अर्थतन्त्रमा चीनको भूमिका रहेको भन्दै उर्जा, जलवायु परिवर्तनका समस्या र शान्ति सुरक्षाका ठूला समस्या समाधानका लागि नर्वेसँग मिलेर काम गर्नुपर्ने बताए ।
आर्कटिक सर्कल भित्र अवस्थित, किर्कनेसले उत्तरी नर्वेको फिनमार्क काउन्टीको सोर–भ्यारेन्जर नगरपालिकाको केन्द्रीय हबको रूपमा सेवा प्रदान गर्दै गरेको उल्लेख गरिएको छ । सन् २००८ मा पहिलो पटक आयोजित, किर्कनेस सम्मेलनले उत्तरी नर्वे र यसको छेउछाउका क्षेत्रहरूमा राजनीतिक, व्यापार र सामाजिक प्रगतिलाई समेट्न विभिन्न प्रयास गर्ने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया