भारतको विहारमा अटोरिक्सा र ट्रक ठोक्किँदा ९ जनाको मृत्यु, ६ जना घाइते



पूर्वी भारतको विहार राज्यमा बुधबार अटोरिक्सा र ट्रक एकापसमा ठोक्किदा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने अन्य ६ जना गम्भीर घाइते भएका छन् ।

विहारको राजधानी पटनाबाट करिब १३६ किलोमिटर दक्षिणपूर्वमा रहेको लखीसराय जिल्लाको बिहरारुरा गाउँ नजिकै लखिसराई–सिकन्द्र राजमार्गमा दुर्घटना भएको हो ।

“आज बिहान सबेरै विपरित दिशाबाट आउँदै गरेको अटोरिक्सालाई ट्रकले ठक्कर दियो। दुर्घटनामा ८ जनाको घटनास्थलमै मृत्यु भयो भने रिक्सा चालकको उपचारका क्रममा अस्पतालमा मृत्यु भयो,“ वरिष्ठ प्रहरी अधिकारीले भने । घाइते ६ जना घाइतेलाई अस्पताल भर्ना गरिएको र उनीहरूको अवस्था गम्भीर रहेको बताइएको छ ।

दुर्घटनामा मारिएकाहरू विवाह समारोहम सरिक भएर घर फर्किदै थिए । मध्यरातको समयमा सडकमा चहलपहल कम भएकाले दुवै सवारीसाधन तीव्र गतिमा गुडिरहेको हुन सक्ने प्रहरीले जनाएको छ ।

ठक्करबाट अटोरिक्सा पूर्णरूपमा चकनाचुर भएको छ । भारतमा प्रायः यात्रुको अत्यधिक चाप, सडकको खराब अवस्था र लापरवाहीका कारण घातक सडक दुर्घटना हुने गरेको छ । भारतमा हरेक वर्ष करिब ५ लाख सडक दुर्घटनामा करिब एक लाख ५० हजार मानिसको मृत्यु हुने गरेको अधिकारीहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रुसी जन्मदर ‘सङ्कटपूर्ण’

  क्रेमलिनले  रुसमा घट्दो जन्मदरलाई उल्ट्याउन ‘कडा मेहनत’ गरिरहेको बताएको छ । ‘सङ्कटपूर्ण’

चन्द्रमामा फेला परेको गुफामा मानिस बस्न सक्छन् ?

वैज्ञानिकहरूले चन्द्रमामा पहिलो पटक एउटा गुफा पत्ता लागेको बताएका छन्। कम्तीमा १०० मिटर

अष्ट्रेलियालीहरूले दैनिक खेर फाल्छन् दुई करोड ९० लाख डलर बराबरको खाना

  अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको

मार्कसास टापु समूह युनेस्को विश्व सम्पदा सूचीमा समावेश

  संयुक्त राष्ट्रसङ्घीय सांस्कृतिक निकाय युनेस्कोले फ्रेन्च पोलिनेसियाको मार्कसास टापुलाई विश्व सम्पदा वर्गीकरणमा