युक्रेनसँग पुनःवार्ता शुरु गर्ने नगर्ने बल रुसको कोर्टमा नरहेको रुसी विदेशमन्त्री सर्गेई लाभरोभले बताएका छन् । ‘युरोमैदानः युक्रेनको हराएको दशक: सम्मेलनलाई सम्बोधन गर्दै विदेशमन्त्री लाभरोभले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुनै पनि वार्तालाप नगर्ने बिलमा हस्ताक्षर गरेको भन्दै यसका युक्रेन नै जिम्मेवार रहेको बताएका हुन् ।
राष्ट्रपति जेलेन्स्कीले सन् २०२२ नोभेम्बरमा इन्डोनेसियामा भएको जी–२० शिखर सम्मेलनमा रूस–युक्रेन द्वन्द्व अन्त्य गर्न १० बुँदे शान्ति योजना अगाडि बढाएको विषय पनि स्मरण गरिएको थियो ।

प्रतिक्रिया