औद्योगिक उत्पादन सूचकाङ्कद्वारा निर्धारण गरिएको भारतको कारखाना गतिविधि वृद्धि गतवर्ष डिसेम्बरमा ३ दशमलव ८ प्रतिशतले बढेको छ। डिसेम्बरमा खानी, उत्पादन र विद्युत क्षेत्रको उत्पादनमा गुणात्मक वृद्धि रहेको देखिएको छ ।
प्रयोगमा आधारित वर्गीकरणअनुसार प्राथमिक वस्तुको परिसूचक १५१ दशमलव ७, पुँजीगत वस्तुको लागि १०३ दशमलव ३, मध्यवर्ती वस्तुको लागि १५९ दशमलव ३ र पूर्वाधार÷निर्माण सामग्रीको लागि १७७ दशमलव ९ रहेको सरकारले जनाएको छ ।
यसैगरी डिसेम्बरका लागि उपभोक्ता टिकाउ र उपभोक्ता गैर–टिकाउ वस्तुहरूको सूचकाङ्क क्रमशः ११४ र १७८ पुगेको छ। नोभेम्बरमा उत्पादन सूचकाङ्क २ दशमलव ४ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया