गाजा पट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २८ हजार नाघेको गाजास्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयले जनाए अनुसार इजरायली सेनाको आक्रमणबाट पछिल्लो २४ घण्टामा ११७ प्यालेस्टाइनीहरूको मृत्यु भएको छ भने १ सय ५२ जना घाइते भएका छन् ।
योसँगै गत अक्टोबर ७ मा इजरायल–हमास द्वन्द्व शुरु भएदेखि मृत्यु हुनेको कुल सङ्ख्या २८ हजार ६४ पुगेको छ भने घाइतेको सङ्ख्या ६७ हजार ६११ पुगेको छ । इजरायली सेनाले गाजाको दक्षिणी भागमा रहेको रफाह शहरमा शुक्रबार रातिदेखि हवाई आक्रमण गरेको छ जसमा कम्तीमा २८ जनाको मृत्यु भएको सरकारी प्यालेस्टाइन टिभीले उल्लेख गरेको छ।

प्रतिक्रिया