दक्षिण सुडानमा शान्ति सैनिकमाथि भएको आक्रमणको राष्ट्रसंघद्वारा निन्दा


दक्षिण सुडानमा संयुक्त राष्ट्रसंघ नियोगले जोङ्लेई राज्यको बोर दक्षिणी काउन्टीको एनीडी पायममा शान्ति सैनिकहरूद्वारा सुरक्षित गरिएको मानवीय राहत क्षेत्रमा भएको आक्रमणको निन्दा गरेको छ ।

दक्षिण सुडानका लागि संयुक्त राष्ट्रसंघका महासचिवका विशेष प्रतिनिधि निकोलस हेसोमले बोर टाउनबाट ६० किलोमिटर टाढा रहेको म्याकडिटबाट त्यस क्षेत्रतर्फ गएको बेला उक्त घटना भएको बताएका छन् ।

उनले हतियारधारीहरूको एउटा समूह झाडीबाट एक्कासी निस्केको र संयुक्त राष्ट्रसंघको गाडीमा गोली हानेको थियो । यद्यपि त्यहाँ कुनै मानवीय क्षति हुन नपाएको जनाएको छ । साथै शान्ति सैनिकहरूले जवाफी कारबाही फर्काएको र आक्रमणकारीहरूलाई भगाएका थिए ।