रुस–युक्रेन द्वन्द्व जारी रहेसम्म रुसविरुद्ध इयूको प्रतिबन्ध लम्बिने


युरोपेली संघ (ईयु)ले रुसविरुद्धको प्रतिबन्धात्मक आर्थिक कदमलाई थप ६ महिनाका लागि लम्ब्याएको छ ।जारी रुस–युक्रेन द्वन्द्वका कारण प्रतिबन्धहरू जुलाई ३१ सम्म लम्बिने ईयु काउन्सिलले जनाएको छ ।

जबसम्म रुस–युक्रेन द्वन्द्व जारी रहन्छ तबसम्म प्रतिबन्ध जारी रहिरहने इयुले जनाएको छ । इयुले रुस विरुद्धका प्रतिबन्धको १२ प्याकेजहरू अपनाएको जनाएको छ ।