रोयटर्स । चोरीको आरोप लागेपछि न्यूजिल्याण्डकी एक सांसदले राजीनामा दिनुपरेको छ । ग्रीन पार्टीकी सांसद गोलरिज गाहरमानले चोरीको आरोपमा पदबाटबाट राजीनामा दिएकी हुन् । उनीमाथि बुटिकमा तीन पटक चोरी गरेको आरोप छ ।
प्रहरीे उनकाबारेमा अनुसन्धान भइरहेको जनाएको छ । गाहरमनले सन् २०१७ को संसदीय निर्वाचन जितेर इतिहास रचेकी थिइन् । उनी न्युजिल्याण्डको संसदमा निर्वाचित पहिलो शरणार्थी थिइन् ।

प्रतिक्रिया