दिल्ली प्रहरीद्वारा इजरायली दुतावासमा भएको विस्फोटको रिपोर्ट दर्ता



दिल्ली प्रहरीले डिसेम्बर २६ मा इजरायली दुतावास नजिक भएको संदिग्ध विस्फोटको विषयमा रिपोर्ट दर्ता गरेको छ । बम स्वाड टोलीका शीर्ष अधिकारीका अनुसार विस्फोटको रिपोर्ट दिल्ली पुलिसलाई बुझाइने छ ।

दिल्ली प्रहरीका अनुसार विस्फोटको कारण अझै पत्ता लाग्न सकेको छैन, उनीहरू फोरेन्सिक रिपोर्ट कुरिरहेका छन् । प्रहरी हरेक तरिकाबाट अनुसन्धानमा लागिरहेको छ ।

मङ्गबार दिल्ली प्रहरीलाई चाणक्यपुरी कुटनीतिक क्षेत्रमा इजरायली दुतावास नजिकै विस्पोट सुनिएको फोन प्राप्त भयो । तर अधिकारीहरूले घटनास्थलमा केही प्रमाण नभेटिएको बताएका थिए ।

दुतावास क्षेत्रमा अर्ध सैनिक बल तैनाथ गरेको दुई दिन पछि प्रहरीले इलाका नजिकै विस्पोट भएको सुनेको सुरक्षा अधिकारीले जानकारी दिए । अनुसन्धान पछि दुई संदिग्धलाई नियन्त्रणमा लिएको थियो । तर उनीहरूको संलग्नता भने अझै पुष्टि गरेको छैन ।

भारतका लागि इजरायली उपराजदुत ओहद नकास कायनारले दुतावासका सबै कर्मचारी तथा कुटनीतिज्ञ सकुशल रहेको पुष्टि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तानमा हेलिकप्टर दुर्घटनामा ६ जनाको मृत्यु, आठ घाइते

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा शनिबार भएको हेलिकप्टर दुर्घटनामा छ जनाको

इजरायली हवाई आक्रमणमा हिजबुल्लाह नेता नसरल्लाहको मृत्यु

बेरुत, लेबनान । लेबनानको इरान समर्थित हिजबुल्लाह समूहले आफ्ना नेता हसन नसरल्लाहको मृत्यु

युक्रेनी अस्पतालमा भएको रूसी हमलामा ६ जनाको मृत्यु

किएभ(युक्रेन) । युक्रेनको सीमावर्ती शहर सुमीको अस्पतालमा शनिबार भएको रूसी हमलामा कम्तीमा छ

युक्रेनमा बढ्दो तनावको समयमा ट्रम्प र जेलेन्स्कीबीच भेटवार्ता

एजेन्सी । आसन्न अमेरिकी चुनावको सन्दर्भमा रुससँगको युद्धमा सहयोगी कियभलाई दीर्घकालीन अमेरिकी समर्थनबारे