रुसी अदालतद्वारा नभाल्नीका सहयोगी फादेयेभालाई नौ वर्षको कारागार सजाय



 

रुसको एक अदालतले शुक्रबार साइबेरियाली सहर टम्स्कमा कारागारमा रहेका विपक्षी नेता एलेक्सी नभाल्नीको प्रतिबन्धित सङ्गठनको नेतृत्व गर्ने केसेनिया फादेयेभालाई करिब एक दशकको कारागार सजाय सुनाएका उनका समर्थकहरूले बताएका छन् ।

यो रुसका विरोधविरुद्ध कडा सजायहरूको शृङ्खलामा नवीनतम कदम हो । सन् २०२२ मा क्रेमलिनले युक्रेनमा सैन्य कारवाही सुरु गरेपछि नागरिक समाजको दमनलाई दोब्बर पारेको छ । उनका समर्थकहरूको टेलिग्राम च्यानलले भनेको छ, “न्यायाधीश खुद्याकोभले चरमपन्थीको आरोपमा केसेनिया फादेयेभाविरुद्ध नौ वर्षको सजायको आदेश दिएका छन् ।” उनीहरूले प्रतिरक्षाका लागि पुनरावेदन गरिने बताएका छन् ।

वकिल तथा समर्थकहरूले उक्त मुद्दाको निन्दा गर्दै देखावटी भनेका छन् । “यो मुद्दामा जे भएको छ त्यसको न्यायसँग कुनै लिनुदिनु छैन”, वचाउ पक्षलाई ‘धम्काइएको’ भन्दै वकिल सिमान भोदनेभले एसओटिए मिडियाद्वारा पोस्ट गरिएको भिडियोमा भने ।

उनले फैसलालाई ‘गैरकानूनी, निराधार र अनुचित’ भन्दै भने, “मैले पनि मनको कुरा भन्नबाट बच्नुपर्छ अन्यथा म स्वयंलाई केसेनियाको जस्तै इजालसमा पाउनेछु ।”

एकतीस वर्षीय फादेयेभाले टम्स्कमा नभाल्नीको राजनीतिक कार्यालयको नेतृत्व गर्थे । सन् २०२० अगस्टमा निर्वाचनअघि विपक्षी नेता नभाल्नीलाई विष दिइएको थियो । फादेयेभा सन् २०२० मा टम्स्क सहरको विधायिकामा निर्वाचित भएका थिए । उनको विजयलाई राष्ट्रपति भ्लादिमिर पुटिनको शासनविरुद्ध रुसी विपक्षीको जीतका रूपमा हेरिएको छ ।

यद्यपि अधिकारीहरूले सन् २०२१ मा समूहलाई ‘चरमपन्थी सङ्गठन’ भनेका छन् । यसबाट उक्त समूहका सदस्य तथा समर्थकमाथि मुद्दा चलाउने मार्ग प्रशस्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तानमा हेलिकप्टर दुर्घटनामा ६ जनाको मृत्यु, आठ घाइते

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा शनिबार भएको हेलिकप्टर दुर्घटनामा छ जनाको

इजरायली हवाई आक्रमणमा हिजबुल्लाह नेता नसरल्लाहको मृत्यु

बेरुत, लेबनान । लेबनानको इरान समर्थित हिजबुल्लाह समूहले आफ्ना नेता हसन नसरल्लाहको मृत्यु

युक्रेनी अस्पतालमा भएको रूसी हमलामा ६ जनाको मृत्यु

किएभ(युक्रेन) । युक्रेनको सीमावर्ती शहर सुमीको अस्पतालमा शनिबार भएको रूसी हमलामा कम्तीमा छ

युक्रेनमा बढ्दो तनावको समयमा ट्रम्प र जेलेन्स्कीबीच भेटवार्ता

एजेन्सी । आसन्न अमेरिकी चुनावको सन्दर्भमा रुससँगको युद्धमा सहयोगी कियभलाई दीर्घकालीन अमेरिकी समर्थनबारे