इटालीका नव–फासीवादी नेताहरूलाई कारागार सजाय



 

दुई वर्षअघि रोमको सिटी सेन्टरमा हिंसात्मक प्रदर्शनमा भूमिका निर्वाह गरेको आरोपमा इटालीमा दुई सीमान्त नव–फासीवादी समूहका नेताहरूलाई आठ वर्षभन्दा बढीको कारागार सजाय गरिएको छ ।

फोर्जा नुवाका ६४ वर्षीय नेता रोबर्टो फियोरलाई बुधबार रोमको एक अदालतले आठ वर्ष छ महिनाको कारागार सजाय सुनाएको हो । फोर्जा नुवाका पूर्व रोम नेता गिउलिआनो कास्टेलिनोलाई आठ वर्ष सात महिनाको कारागार सजाय दिइएको छ । कास्टेलिनोले गत वर्ष आफ्नै राजनीतिक आन्दोलन इटालिया लिबरा गठन गरेका थिए ।

दुवै अहिले कारागारमा छैनन् । इटालीको कानूनी प्रणालीअन्तर्गत उनीहरू स्वचालित अपिलबाट लाभान्वित भएका छन् । समूहका अन्य पाँच सदस्यलाई पनि कारागार सजाय सुनाइएको छ ।

सन् १९९७ मा स्थापना भएको फोर्जा नुवाले गर्भपतनमाथि प्रतिबन्ध, आप्रवासीमाथि पूर्ण रोक र घृणास्पद भाषण कानूनहरू खारेज गर्न आह्वान गरेको छ । उक्त पार्टीले अन्य अति दक्षिणपन्थी समूहरूसँग गठबन्धन गर्दा पनि कहिले पनि कुनै पनि निर्वाचनमा शून्य दशमलव पाँच प्रतिशत मत हासिल गर्न सकेको छैन ।

सन् २०२१ अक्टोबरमा कोभिड–१९ को फैलावट रोक्ने कदमहरू विरुद्ध विरोध भएपछि हिंसा भड्किएको थियो । प्रदर्शनकारीहरूले प्रहरीसँग झडप गरे र सिजिआइएल ट्रेड युनियन फेडरेसनको मुख्यालयसहित परिसरमा तोडफोड गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अत्यधिक गर्मीका कारण पाकिस्तानको कराँचीमा २५ जनाको मृत्यु

पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा विगत तीन दिनदेखि अत्यधिक रूपमा तापक्रम बृद्धिका कारण

इजरायलले उत्तरी गाजाबाट हमास सरकारलाई विस्थापित गर्ने योजना ल्याउँदै

जेरुसेलमले उत्तरी गाजामा हमासको शासनलाई विस्थापित गर्ने योजना चाँडै सुरु गर्ने इजरायली राष्ट्रिय

दक्षिण अफ्रिकामा अवैध शिकार रोक्न पहिलोपटक गैँडामा रेडियोधर्मी सामग्री जडान

दक्षिण अफ्रिकी वैज्ञानिकले मङ्गलबार सीमा चौकीहरूमा अवैध शिकार पत्ता लगाउन सजिलो बनाउने उदेश्यले

काङ्ग्रेसले संसदमा जनताको प्रतिनिधित्व गर्ने विपक्षी नेता गान्धीको भनाइ

भारतका नयाँ विपक्षी दलका नेता राहुल गान्धीले एक दशकदेखि रिक्त रहेको पदको औपचारिक