श्रीलङ्काको प्रहरीले संगठित अपराध र लागुऔषध सम्बन्धी गतिविधिहरूलाई रोक्न आजदेखि विशेष अभियान शुरु गर्ने भएको छ ।सार्वजनिक सुरक्षा मन्त्री तिरन एलेसले अभियान बारे जनाकारी दिएका हुन् ।
प्रहरी वरिष्ठ अधिकारीसँगको बैठकपछि मन्त्रीले लागुऔषध ओसारपसार र संगठित अपराधविरुद्ध कडा कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको बताए । उनले लागु औषधजन्य अपराध र अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीलाई सक्रिय सहयोग गर्न सर्वसाधारणलाई आग्रह समेत गरेका छन् ।
नोभेम्बर २६ मा श्रीलङ्काको प्रहरी, विशेष कार्य बल र सेनाले संयुक्त रूपमा कोलम्बोको उपनगरहरूमा छापा मारेर ४० जनाभन्दा बढी व्यक्तिलाई गिरफ्तार गरेको छ।

प्रतिक्रिया