दक्षिणी भानुआतुमा ७.१ म्याग्निच्युडको भूकम्प



 

दक्षिणी भानुआतुमा बिहीबार सात दशमलव एक म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस) ले जनाएको छ । भूकम्पका कारण सुनामीको चतावनीसमेत जारी गरिएको छ ।

युएसजिएसले प्रारम्भमा सात दशमलव तीन म्याग्निच्युडको भूकम्प र ३५ किलोमिटर गहिराइमा गएको सूचना दिएको थियो तर तुरुन्तै आफ्नो भनाइलाई संशोधन गरेको छ । उसका अनुसार ग्रिनविच मिनटाइमअनुसार १२ः५६ मा ४८ किलोमिटर गहिराइमा इसाङ्गेल सहरबाट करिब एक सय २३ किलोमिटर दक्षिणमा र राजधानी पोर्ट भिलाबाट तीन सय ३८ किलोमिटर टाढा भूकम्प गएको छ ।

प्रशान्त सुनामी चेतावनी केन्द्रले भनेको छ, “यो भूकम्पका खतरनाक छालहरू भानुआतु र न्यु क्यालेडोनियाको तटमा केन्द्रविन्दुको तीन सय किलोमिटरभित्र आउन सक्छन् ।” भूकम्पबाट क्षतिको तत्काल कुनै समाचार आएको छैन ।

तीन लाख २० हजार जनसङ्ख्या भएको तल्लो द्वीप समूह भानुआतुमा भूकम्प जानु सामान्य हो । यो भूकम्पीय रिङ अफ फायरमा फैलिएको छ । दक्षिणपूर्वी एसिया र प्रशान्त बेसिनसम्म फैलिएको रिङ अफ फायर तीव्र टेक्टोनिक गतिविधिको चाप हो ।

नोभेम्बरमा उत्तरी भानुआतुमा छ दशमलव सात म्याग्निच्युको भूकम्प गएको थियो । वार्षिक विश्व जोखिम प्रतिवेदनअनुसार भानुआतु भूकम्प, आँधीको क्षति, बाढी र सुनामीजस्ता प्राकृतिक प्रकोपका लागि अतिसंवेदनशील देशहरूमध्ये एक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आसियानद्वारा हरित अर्थतन्त्रका लागि विश्वव्यापी सहयोगको आह्वान

दक्षिणपूर्वी एसियाली राष्ट्रहरुको सङ्गठन (आसियान) ले स्वच्छ ऊर्जालाई प्रवर्द्धन गर्दै हरित अर्थतन्त्रमा विश्वव्यापी

लखनउमा भवन भत्किँदा चारजनाको मृत्यु, २८ जनाको उद्धार

लखनउको यातायात नगर क्षेत्रमा रहेको एक भवन भत्किँदा चार जनाको मृत्यु भएको छ

बेलायती प्रधानमन्त्री स्टारमर डब्लिन आयरल्याण्ड भ्रमणमा

ब्रेक्जिटपछि युरोपेली सङ्घ (ईयू) राष्ट्रसँग बिग्रिएको सम्बन्ध पुनर्स्थापित गर्ने उद्देश्यले बेलायतका प्रधानमन्त्री कीर

मणिपुरमा फेरि तनाव, पाँच जनाको मृत्यु

भारतको द्वन्द्वग्रस्त उत्तरपूर्वमा शनिबार भएको झडपमा कम्तिमा पाँच जनाको मृत्यु भएको छ । युद्धग्रस्त