जलवायु परिवर्तनका कारण बङ्गलादेशमा बालविवाहमा ३९ प्रतिशत वृद्धि



अन्तरराष्ट्रिय उद्धार समिति (आईआरसी) ले सार्वजनिक गरेको अध्ययनले बङ्गलादेशमा बालविवाहमा ३९ प्रतिशतले बृद्धि भएको खुलासा गरेको छ।

अत्यधिक प्रकोप–प्रवण र जलवायु–संवेदनशील तटीय क्षेत्रहरूमा हुने गरेका बालविवाहमा ३९ प्रतिशतले बृद्धि भएको तथ्याङ्क देखिएको छ । बङ्गलादेशका थुप्रै तटीय समुदायहरूमा जलवायु परिवर्तनको प्रभावमा जबरजस्ती बसाइँसराइ, चरम गरिबी, बढ्दो लैङ्गिक हिंसा, शिक्षामा सीमित पहुँच र खाद्य सुरक्षा चुनौतीहरू लगायतका कारणले बालविवाह गर्न वाध्यता सृजना भएको आईआरसीले उल्लेख गरेको छ ।

अध्ययनले विगत दुई दशकमा बाढी र चक्रवातजस्ता प्रकोपमा भएको बृद्धि पनि बढ्दो बालविवाहको एक प्रमुख कारण मानेको छ । यस्ता विभिन्न किसिमका कारणहरू सृजित समस्याहरूलाई सम्बोधन गर्न आईआरसीले विकसित स्थितिको मूल्याङ्कन गरिरहेको र जलवायु परिवर्तन र जलवायु–प्रेरित प्रकोपहरूबाट बालबालिकालाई हुन सक्ने प्रत्यक्ष क्षतिबाट जोगाउन उपलब्ध स्रोत समेत परिचालन गरिरहेको बताएको छ ।

आईआरसी बङ्गलादेशकी निर्देशक हसिना रहमानले भनिन्,’आज बङ्गलादेशमा विहाह योग्य उमेर हुँदै गरेका आधा केटीहरूको १८ वर्ष नपुग्दै विवाह हुने गरेको पाइएको छ भने, २२ प्रतिशत केटीहरूको १५ वर्षको उमेर अघि नै विवाह हुने गरेको पाइएको छ ।’

‘यद्यपि, खाद्य असुरक्षा र गरिबी, अनियमित वर्षाको ढाँचा, बढ्दो तापक्रम, र बढ्दो आवृत्ति र प्रकोपहरूको तीव्रताको सामना गरिरहेका तटीय क्षेत्रहरूमा बस्ने केटीहरूको लागि यो अवस्था अझ बढी अस्थिर र दर्दनाक छ,’ निर्देशकले भनिन् ।

यसैबीच आईआरसीले जलवायु परिवर्तन सृजित समस्याहरूलाई सम्बोधन गर्न दिगो कोष स्थापना गर्न र यस जटिल सङ्कटलाई सम्बोधन गर्न सरकार, दाताहरू र गैरसरकारी संस्थाहरूबाट तत्काल सहयोगको लागि आह्वान समेत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अल्जेरियामा रोकियो रुसी युद्धपोत

  उन्नत हाइपरसोनिक मिसाइलहरूले सशस्त्र रूसी युद्धपोत ‘बिजिनेस कल’ का लागि शुक्रबार अल्जेरियाको

ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले डेमोक्र्याट पार्टीका उम्मेदवार कमला ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि समर्थन

गुजरातमा चण्डीपुरा भाइरसका ३७ संक्रमित फेला

  गुजरातका स्वास्थ्यमन्त्री रुषिकेश पटेलले शुक्रबार राज्यभर चण्डीपुरा भाइरसका ३७ मामिला फेला परेको

श्रीलङ्कामा राष्ट्रपतिको निर्वाचन सेप्टेम्बर २१ मा हुने

श्रीलङ्कामा अनपेक्षितरूपमा आएको आर्थिक सङ्कटका कारण भएको देशव्यापी आन्दोलनले निर्वाचित राष्ट्रपतिलाई विस्थापित गरेपछि