जापानमा भाङ उत्पादनलाई कानुनी मान्यता



जापानको संसदले भाङबाट प्राप्त हुने चिकित्सा उत्पादनलाई वैधानिकता दिने विधेयक पारित गरेको छ  । बुधबार जापानको संसदले चिकित्सा उत्पादनलाई वैधानिकता दिने विधेयक पारित गरेको हो ।

संसदले औषधीय प्रयोजनका लागि बाहेक अन्य रसायनको प्रयोगलाई भने अपराधीकरण गरेको छ । जापानको माथिल्लो सदनले संशोधित भाङ र मादक पदार्थ नियन्त्रण कानून पारित गरेको छ, जुन घोषणा भएको एक वर्षभित्र लागू हुनेछ ।

संशोधित कानून अनुसार, भाङ र ‘टेट्राहाइड्रोकानाबिनोल बोटमा पाइने एक मनोवैज्ञानिक रसायन, लागुऔषधको रूपमा व्यवहार गरिनेछ, जसको प्रयोगमा युवाहरू र अरूलाई दुरुपयोग गर्नबाट रोक्न प्रतिबन्ध लगाइनेछ ।

जापानले पहिले नै गाँजा राख्न र वितरण गर्न प्रतिबन्ध लगाएको छ । यससम्बन्धी उल्लङ्घन गरेमा सात वर्षसम्मको जेल सजाय को व्यवस्था गरेको छ तर मेडिकल उत्पादनका लागि बिरुवा हुर्काउन अनुमति दिइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वैज्ञानिकहरुद्वारा पृथ्वीकै ठूला बालुवाका ढिस्कोका रहस्य फेला

बीबीसी । पृथ्वीको सबैभन्दा ठूलो र जटिल प्रकारमध्ये एउटा बालुवाको ढिस्कोको उमेर पहिलो

कम्बोडिया र बेलायत बीच सांस्कृतिक सम्बन्ध विस्तार हुँदै

कम्बोडिया र बेलायतले द्विपक्षीय सांस्कृतिक सम्बन्ध र आपसी समझदारीलाई थप विस्तार गर्न सहमति

ट्रम्पलाई मतपत्रबाट हटाउने प्रस्ताव अमेरिकी सर्वोच्च अदालतद्वारा अस्वीकार

अमेरिकाको सर्वोच्च अदालतले विद्रोहमा संलग्न भएको आरोपमा रिपब्लिकन राष्ट्रपतिको प्राथमिक मतपत्रबाट डोनाल्ड ट्रम्पलाई

चुनावपछि अमेरिका–चीन सम्बन्धमा सुधार आउने बेइजिङको विश्वास

चीनले आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा जो सुकैले जिते पनि अमेरिकासँगको सम्बन्धमा सुधार