साउदी अरबको बजेट घाटा हुने प्रक्षेपण



साउदी अरबले सन् २०२३ मा कूल गार्हस्थ्य उत्पादनको दुई प्रतिशत र सन् २०२४ मा एक दशमलव ९ प्रतिशतको बजेट घाटा हुने प्रक्षेपण गरेको छ ।

विश्वको सबैभन्दा ठूलो कच्चा तेल निर्यातक र मध्यपूर्वको सबैभन्दा ठूलो अर्थतन्त्र खाडी मुलुकले युक्रेनमा रूसको आक्रमणपछि करिब एक दशकमा पहिलो पटक बजेट अधिशेष हासिल गरेको एक वर्षपछि यो घोषणा आएको हो ।

साउदी अरब दृष्टि २०३० को रूपमा चिनिने एक व्यापक आर्थिक र सामाजिक सुधारको बीचमा छ, जसको उद्देश्य पहिले बन्द राज्यलाई व्यापार, पर्यटन र खेलकुद क्षेत्रमा रूपान्तरण गर्नु हो ।

सन् २०२३ मा यो घाटा ८२ अर्ब साउदी रियल हुने अनुमान गरिएको छ भने सन् २०२४ मा कूल ७९ अर्ब साउदी रियल हुने अनुमान गरिएको छ । रियादले सन् २०२४ मा ४ दशमलव ४ प्रतिशतको वास्तविक कूल ग्रार्हस्थ वृद्धि हुने अनुमान गरेको छ जुन यस वर्ष शून्य दशमलव शून्य ३ प्रतिशत मात्र रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यासले गम्भीर परिणाम भोग्नुपर्ने उत्तर कोरियाको चेतावनी

  उत्तर कोरियाले यसै साता वासिङ्टन र सोलले सुरु गरेको ठूलो मात्राको सैन्य

वैज्ञानिकहरुद्वारा पृथ्वीकै ठूला बालुवाका ढिस्कोका रहस्य फेला

बीबीसी । पृथ्वीको सबैभन्दा ठूलो र जटिल प्रकारमध्ये एउटा बालुवाको ढिस्कोको उमेर पहिलो

कम्बोडिया र बेलायत बीच सांस्कृतिक सम्बन्ध विस्तार हुँदै

कम्बोडिया र बेलायतले द्विपक्षीय सांस्कृतिक सम्बन्ध र आपसी समझदारीलाई थप विस्तार गर्न सहमति

ट्रम्पलाई मतपत्रबाट हटाउने प्रस्ताव अमेरिकी सर्वोच्च अदालतद्वारा अस्वीकार

अमेरिकाको सर्वोच्च अदालतले विद्रोहमा संलग्न भएको आरोपमा रिपब्लिकन राष्ट्रपतिको प्राथमिक मतपत्रबाट डोनाल्ड ट्रम्पलाई