चीनद्वारा कार्बनडाइअक्साइड उत्सर्जन उच्च रहेका पाइलट सहरहरूको सूची जारी



 

कार्बन डाइअक्साइड उत्सर्जनको चरम अवस्थामा पुग्ने लक्ष्यसहित चिनियाँ सरकारले बुधबार पाइलट सहर तथा उच्च प्रविधियुक्त औद्योगिक विकास पार्कहरूको पहिलो समूहको सूची जारी गरेको छ ।

सूचीको घोषणा सन् २०३० सम्म कार्बन डाइअक्साइड उत्सर्जनलाई चरम अवस्थामा पुर्याउने सरकारको योजना कार्ययोजनाअनुसार गरिएको र उक्त सूची सोही आधारमा तयार गरिएको चीनको शीर्ष आर्थिक योजनाकार राष्ट्रिय विकास तथा सुधार आयोग (एनडिआरसी) ले उसको वेबसाइटमा जनाएको छ ।

सूचीमा परेका सहरहरूमा झाङजियाको, ताङसान, चेङ्दे, ताइयुआन, एर्दोस, बाओटौ, सेनयाङ, डालियान, हेइहे, यानचेङ, हाङ्जो, हुझोउ, बोझोउ, किङदाओ, यन्ताई, सिनजियाङ, जिनयाङ, जियानगयाङ, सियान, चाङ्सा, जियाङ्टन, सेन्जेन, युलिन र करामाय रहेका छन् ।

घोषणाअनुसार सूचीमा सामेल १० उच्च प्रविधियुक्त औद्योगिक विकास पार्क चाङ्झी, चिफेङ, हार्बिन, सुजौ, नानजिङ, हेफेई, देझोउ, झाओकिङ, जिक्सियन न्यु एरिया र कुक्का सहरहरूमा रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकी राष्ट्रपतीय निर्वाचनमा ह्यारिसको उम्मेदवारी घोषणा

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावका लागि आफ्नो उम्मेदवारीको आधिकारिक

रुसी जन्मदर ‘सङ्कटपूर्ण’

  क्रेमलिनले  रुसमा घट्दो जन्मदरलाई उल्ट्याउन ‘कडा मेहनत’ गरिरहेको बताएको छ । ‘सङ्कटपूर्ण’

चन्द्रमामा फेला परेको गुफामा मानिस बस्न सक्छन् ?

वैज्ञानिकहरूले चन्द्रमामा पहिलो पटक एउटा गुफा पत्ता लागेको बताएका छन्। कम्तीमा १०० मिटर

अष्ट्रेलियालीहरूले दैनिक खेर फाल्छन् दुई करोड ९० लाख डलर बराबरको खाना

  अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको