लाओस र रुस द्विपक्षीय सहयोग बढाउन सहमत



लाओस र रुस द्विपक्षीय सहयोग बढाउन सहमत भएका छन् । लाओस र रुसले लाओको राजधानी भेन्टियानमा व्यापार, आर्थिक, वैज्ञानिक र प्राविधिक द्विपक्षीय सहयोगसम्बन्धी प्रोटोकलमा हस्ताक्षर गरेका छन्।

समाझदारीले बैंकिङ, वित्त, उद्योग, यातायात, ऊर्जा, स्वास्थ्य सेवा र अन्य विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोगको आशाजनक नयाँ क्षेत्रहरू पहिचान गरेको पनि पासाक्सन अखबारले मङ्गलबार उल्लेख गरेको छ ।

रुसी प्रतिनिधिमण्डलले आर्थिक–व्यापारिक तथा वैज्ञानिक–प्राविधिक सहयोग बढाउने उद्देश्यले लाओसको भ्रमण गरेको थियो । अन्तरसरकारी लाओ–रूसी आयोगको १७ औँ सत्र जुन नोभेम्बर २९–३० सम्म भएको थियो त्यसमा रुसी प्रतिनिधि मण्डलले द्विपक्षीय व्यापार प्रवर्धनमा विशेष चासो दिएको थियो ।

दुई देश नयाँ व्यापार र आर्थिक साझेदारीको खोजी गर्न र खाद्यान्न शृङ्खला पुनर्निर्माण गर्न इच्छुक रहेको पाइएको छ । जलविद्युत, शान्तिपूर्ण आणविक ऊर्जा र चिकित्सा उपकरणको आपूर्तिका क्षेत्रमा समेत संयुक्त लगानीका परियोजनाहरूको सङ्ख्या बढाउने दुई देशको योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकी राष्ट्रपतीय निर्वाचनमा ह्यारिसको उम्मेदवारी घोषणा

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावका लागि आफ्नो उम्मेदवारीको आधिकारिक

रुसी जन्मदर ‘सङ्कटपूर्ण’

  क्रेमलिनले  रुसमा घट्दो जन्मदरलाई उल्ट्याउन ‘कडा मेहनत’ गरिरहेको बताएको छ । ‘सङ्कटपूर्ण’

चन्द्रमामा फेला परेको गुफामा मानिस बस्न सक्छन् ?

वैज्ञानिकहरूले चन्द्रमामा पहिलो पटक एउटा गुफा पत्ता लागेको बताएका छन्। कम्तीमा १०० मिटर

अष्ट्रेलियालीहरूले दैनिक खेर फाल्छन् दुई करोड ९० लाख डलर बराबरको खाना

  अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको