भारतको मणिपुरमा हिंसात्मक झडपमा परी १३ जनाको मृत्यु



उत्तरपूर्वी राज्य मणिपुरमा सोमबार भएको हिंसात्मक झडपमा परी १३ जनाको मृत्यु भएको छ । इम्फालको राजधानी मणिपुरबाट करिब ६० किलोमिटर दक्षिणपूर्वमा पर्ने तेङनौपाल जिल्लाको लेइथु इलाकामा गोली चलेको सूचना प्राप्त भएपछि अर्धसैनिक बल आसाम राइफल्सले खोजी अभियान सुरु गरेको थियो ।

“सेनाले लेइथु गाउँमा १३ वटा शवहरू भेट्टाएको छ । सुरक्षाकर्मीले शवको छेउमा कुनै हतियार फेला पारेनन्,” एक अधिकारीलाई उदृत गर्दै हिन्दुस्तान टाइम्सले लेखेको छ ।

गैर–आदिवासी मेइतीसमुदायलाई शिक्षा र सरकारी जागिरमा आरक्षण प्रदान गर्ने अनुसूचित जनजातिको दर्जामा समावेश गरिएको विरोधमा भएको जनजातीय प्रदर्शनका क्रममा राज्यमा मे ३ देखि ठूलो मात्रामा हिंसा भड्किएपछि मणिपुर तनावग्रस्त बनेको छ ।

बहुसङ्ख्यक मेइती समूह र आदिवासी कुकी अल्पसङ्ख्यकबीचको जातीय द्वन्द्वका कारण यो बर्ष ६० हजार विस्थापित भएका छन् ।

राज्यमा प्रदर्शनकारीले घर र पसलहरूलाई लक्षित गरी तोडफोड र आगजनीसमेत गरेका थिए ।

प्रहरीले गत भदौ १५ गते सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत जेठ १५ गतेदेखि हालसम्म यस क्षेत्रमा १७५ जनाको मृत्यु भएको छ । तथ्याङ्कअनुसार यो अवधिमा एक हजार ११८ जना घाइते भएका छन् भने ३३ जना बेपत्ता भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युक्रेनको क्षेप्यास्त्र हमलामा कम्तीमा ६० जना रुसी सैनिकको मृत्यु

बीबीसी । अधिनस्थ पूर्वी युक्रेनस्थित एउटा सैनिक प्रशिक्षण क्षेत्रमा गरिएका दुईवटा क्षेप्यास्त्र हमलामा

अमेरिकी भिटोले गाजाको अवस्थालाई अझ खतरनाक अवस्थामा धकेल्यो: चीन

गाजामा तत्काल मानवीय युद्धविरामको माग गर्ने संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा पेश मस्यौदा प्रस्तावमा

भारतको विहारमा अटोरिक्सा र ट्रक ठोक्किँदा ९ जनाको मृत्यु, ६ जना घाइते

पूर्वी भारतको विहार राज्यमा बुधबार अटोरिक्सा र ट्रक एकापसमा ठोक्किदा कम्तीमा ९ जनाको

रुसले अन्तरिक्षमा आणविक हतियार नराख्ने

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तरिक्षमा आणविक हतियार राख्ने मस्कोको कुनै मनसाय नरहेको घोषणा