कराँचीस्थित सपिङ मलमा आगलागी हुँदा कम्तीमा ११ जनाको मृत्यु



पाकिस्तानको व्यापारिक राजधानी कराँचीस्थित सपिङ मलमा शनिबार आगलागी हुँदा कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै ३५ जना घाइते भएका अधिकारीहरूले बताएका छन् ।

दक्षिणी बन्दरगाह सहरस्थित छ तले भवनको चौथो तलामा आगलागी हुँदा ६० जनाभन्दा बढी मल भित्र रहेका  थिए ।

“हाम्रा उद्धारकर्मीहरूले अहिलेसम्म ११ जनाको शवलाई अस्पतालमा लगेका छन् ,” उद्धार सेवा सञ्चालन गर्ने चिप्पा कल्याणकारी संस्थाका प्रवक्ता शाहिद हुसेनले भने ।

उनका अनुसार, ३५ जना घाइते भएका छन्, घाइतेमध्ये सात जनाको अवस्था गम्भीर छ र गम्भीर जसमध्ये कम्तीमा ४० जनाको उद्धार गरिएको छ ।

प्रान्तीय स्वास्थ्य मन्त्रालयका प्रवक्ता शब्बीर अलीले मृत्यु हुनेको सङ्ख्या र घाइतेको सङ्ख्या पुष्टि गरेका छन् ।

जेनेरेटर सर्ट भएर भएको आगलागी भवनको दुई तलासम्म फैलिएको हुसेनले बताए  ।
कमजोर सुरक्षा कानून र भवन संहिताका साथै ढिलो कार्यान्वयनको अर्थ पाकिस्तानमा ठूला भवनमा आगलागी हुने गरेको छ ।

सन् २०१२ मा, पश्चिमी कराँचीको बलदिया टाउनमा रहेको एउटा कपडा कारखानामा आगलागी हुँदा कम्तिमा दुई सय ५० जना मजदुरको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आइसिसी अभियोजकद्वारा नेतान्याहुसहित इजरायली र हमास नेताका लागि पक्राउ पुर्जी माग

  अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) का मुख्य अभियोजकले सोमबार इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसहित

छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु

  भारतको छत्तीसगढको कावर्धा जिल्लाको कुकदुर थाना क्षेत्रको बहपानी गाउँ नजिकै पिकअप ट्रक

इरानी राष्ट्रपति रायसीको निधनपछि उपराष्ट्रपति मोखबरले जिम्मेवारी सम्हाल्ने

इरानका राष्ट्रपति इब्राहिम रायसीको आइतबार हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएपछि देशको पहिलो उपराष्ट्रपति

आणविक सामग्री चोरीविरुद्ध ‘सतर्कता’ अपनाउन राष्ट्रसङ्घको आग्रह

संयुक्त राष्ट्रसङ्घले गत ३० वर्षमा चार हजार २०० भन्दा बढी आणविक सामग्री चोरी