को हन् हमासले रिहा गरेका २४ बन्धक ?



हमासले १३ इजरायली ११ विदेशीसहित २४ बन्धकलाई मुक्त गरेपछि दुई पक्षबीच भएको सहमतिअनुसार इजरायलले ३९ जना प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको छ ।

हमासले चार दिनभित्रमा जम्मा ५० जना बन्धक रिहा गर्ने बताइए पनि त्यसमा नेपालका विपिन जोशी पर्ने नपर्नेबारे कुनै विवरण आएको छैन । कतारले मध्यस्थता गरेको सहमतिपछि इजरायल र हमासबीच चारदिने युद्धविराम सुरु भएको छ ।

रिहा गरिएका प्यालेस्टिनीहरूमाथि हत्या प्रयास गरेको, ढुङ्गा हानेको जस्ता कैयौँ आरोपहरू लगाइएको थियो । तीमध्ये कतिपय दोषी ठहर भइसकेका थिए भने केहीविरुद्धको मुद्दा सुनुवाइकै क्रममा थियो । रिहा हुनेमा २४ जना महिला र १५ किशोरकिशोरी छन् । वेस्ट ब्याङ्कमा रिहा गरिएका उनीहरू आफ्नो घर फर्कन सक्ने इजरायली कारागारले जनाएको छ ।

रिहा भएका प्यालेस्टिनीहरू इजरायलले पक्राउ गरेका ३०० जना महिला र नाबालकहरूमध्येबाट इजरायल आफैँले छानेका मानिसहरू हुन् । रिहा हुने इजरायलीमा दुई वर्षदेखि ८५ वर्षसम्मका मानिस छन् । हमासले ती ८५ वर्षकी महिलालाई उनको गाउँबाटै अपहरण गरेको थियो । त्यस्तै ७८ वर्षकी क्यान्सरपीडित, ७९ वर्ष,७७ वर्ष र ७२ वर्षका वृद्धाहरू छन् ।

हमासले रिहा गरेका मानिसहरूमा दुई, चार र छ वर्षका बच्चाहरू र उनीहरूका आमा पनि छन् । इजरायल र हमासबीचको अस्थायी युद्धविरामअन्तर्गत चार दिनभित्रमा ५० जना बन्धक रिहा हुने जनाइएको छ ।

हमासका अनुसार त्यसको बदलामा इजरेली पक्षले उसको जेलबाट कुल १५० जना महिला र किशोर किशोरीहरू रिहा गर्ने छ । इजरायलले गजामा मानवीय सहायता, औषधि र इन्धन बोकेका सयौँ लरीहरूको प्रवेशलाई समेत अनुमति दिने सहमति जनाएको हमासले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आइसिसी अभियोजकद्वारा नेतान्याहुसहित इजरायली र हमास नेताका लागि पक्राउ पुर्जी माग

  अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) का मुख्य अभियोजकले सोमबार इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसहित

छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु

  भारतको छत्तीसगढको कावर्धा जिल्लाको कुकदुर थाना क्षेत्रको बहपानी गाउँ नजिकै पिकअप ट्रक

इरानी राष्ट्रपति रायसीको निधनपछि उपराष्ट्रपति मोखबरले जिम्मेवारी सम्हाल्ने

इरानका राष्ट्रपति इब्राहिम रायसीको आइतबार हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएपछि देशको पहिलो उपराष्ट्रपति

आणविक सामग्री चोरीविरुद्ध ‘सतर्कता’ अपनाउन राष्ट्रसङ्घको आग्रह

संयुक्त राष्ट्रसङ्घले गत ३० वर्षमा चार हजार २०० भन्दा बढी आणविक सामग्री चोरी