गाजामा युद्धविरामको अवधि सुरु



इजरेल र हमासबीचको युद्धमा युद्धविरामको अवधि आरम्भ भएको छ । स्थानीय समयानुसार बिहान ७ बजे उक्त अस्थायी सङ्घर्षविराम सुरु भएपछि अपराह्ण ४ बजे हमासले बन्धक बनाएर राखेकाहरूमध्ये १३ जना मुक्त हुने कतारी मध्यस्थकर्ताहरूले बताएका छन् ।

युद्धविराम सुरु भएसँगै थप सहायता गाजा स्ट्रिपतिर जान थालेको र गाजामा प्यालेस्टिनी र अरू मानिसहरू हिँडडुल गर्न थालेको देखिएको छ । हमासले मुक्त गर्ने १३ जनालाई अन्तर्राष्ट्रिय रेडक्रसलाई हस्तान्तरण गरिने छ र उनीहरूलाई इजिप्टको रफाह नाका हुँदै इजरायल लगिने छ ।

इजरायल र हमासबीच भएको सहमतिअन्तर्गत चार दिनको युद्धविरामको अवधिमा हमासले गाजाबाट कुल ५० जना बन्धकहरूलाई मुक्त गर्ने छ भने इजरायलले १५० जना प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्ने छ ।

शुक्रबार मुक्त हुने भनिएकाहरू सबै जना महिला तथा बालबालिका हुने बताइएको छ। उनीहरूको नाम सार्वजनिक गरिएको छैन । गाजाबाट रफाह नाकामा इजरेली सुरक्षाकर्मीहरूले मुक्त भएका मानिसहरूको परिचय जाँच गर्ने छन्। त्यहाँ उनीहरूको स्वास्थ्य परीक्षण पनि हुने छ। त्यहाँबाट उनीहरूलाई हेलिकप्टरमा राखेर इजरायली सीमाभित्र लगिने छ ।

रिहा भएपछि उनीहरूलाई थप परीक्षणका लागि अस्पताल लगिने छ। त्यसपछि बल्ल उनीहरूको आफन्तसँग पुनर्मिलन हुने छ । त्यसको दुई घण्टाजतिपछि मात्र इजरायली जेलबाट प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इरानी राष्ट्रपति रायसीको निधनपछि उपराष्ट्रपति मोखबरले जिम्मेवारी सम्हाल्ने

इरानका राष्ट्रपति इब्राहिम रायसीको आइतबार हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएपछि देशको पहिलो उपराष्ट्रपति

आणविक सामग्री चोरीविरुद्ध ‘सतर्कता’ अपनाउन राष्ट्रसङ्घको आग्रह

संयुक्त राष्ट्रसङ्घले गत ३० वर्षमा चार हजार २०० भन्दा बढी आणविक सामग्री चोरी

खराब मौसमका कारण श्रीलङ्कामा हजारौं प्रभावित

तीव्र हावा तथा भारी वर्षाका कारण श्रीलङ्कमा दश हजारभन्दा बढी मानिस प्रभावित भएको

इरानका राष्ट्रपति इब्राहिम रइसीको हेलिकोप्टर दुर्घटनामा मृत्यु

काठमाडौं । हेलिकोप्टर दुर्घटनामा परी इरानका राष्ट्रपति इब्राहिम रइसीको मृत्यु भएको छ ।