कतारी अदालतले भारतीय नौसेनाको अपीलको छिट्टै सुनुवाइ गर्ने



कतारको अदालतले भारतीय नौसेनाका आठ पूर्व अधिकारीहरूको याचिका स्वीकार गरेको छ । कतारको अदालतले छिट्टै उनको अपिलको सुनुवाई गर्ने पनि जनाइएको छ ।

यसअघि ती आठ पूर्व भारतीय नौसेनाका अधिकारीहरूलाई कतारमा मृत्युदण्डको सजाय सुनाइएको थियो । भारत सरकारले आठ पूर्व नौसेना अधिकारीहरूलाई मृत्युदण्डको सजायको विरुद्धमा यो याचिका दायर गरेको थियो ।

कतार अदालतले बिहीबार भारतको याचिका स्वीकार गर्दै थप अध्ययन गरेर छिट्टै सुनुवाई सुरु गर्ने छ । भारतीय नौसेनाका आठ पूर्व अधिकारी कतारको देहरा ग्लोबल टेक्नोलोजी एण्ड कन्सल्टेन्सी सर्भिस नामक कम्पनीमा काम गरिरहेका थिए ।

उनीहरु सबैलाई सन् २०२२ को अगस्टमा पक्राउ गरिएको थियो । कतार सरकारले पूर्व नौसेना अधिकारीहरू विरुद्धको आरोपको बारेमा भने जानकारी दिएको छैन । अक्टोबर २६ मा कतार अदालतले यी पूर्व अधिकारीहरूलाई मृत्युदण्डको सजाय सुनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इरानी राष्ट्रपति रायसीको निधनपछि उपराष्ट्रपति मोखबरले जिम्मेवारी सम्हाल्ने

इरानका राष्ट्रपति इब्राहिम रायसीको आइतबार हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएपछि देशको पहिलो उपराष्ट्रपति

आणविक सामग्री चोरीविरुद्ध ‘सतर्कता’ अपनाउन राष्ट्रसङ्घको आग्रह

संयुक्त राष्ट्रसङ्घले गत ३० वर्षमा चार हजार २०० भन्दा बढी आणविक सामग्री चोरी

खराब मौसमका कारण श्रीलङ्कामा हजारौं प्रभावित

तीव्र हावा तथा भारी वर्षाका कारण श्रीलङ्कमा दश हजारभन्दा बढी मानिस प्रभावित भएको

इरानका राष्ट्रपति इब्राहिम रइसीको हेलिकोप्टर दुर्घटनामा मृत्यु

काठमाडौं । हेलिकोप्टर दुर्घटनामा परी इरानका राष्ट्रपति इब्राहिम रइसीको मृत्यु भएको छ ।