चीनमा देखिएको निमोनियाबारे विश्व स्वास्थ्य संगठन के भन्छ ?



विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले चीनले केही स्थानमा बालबालिकामा फैलिएको निमोनियामा कुनै नयाँ कीटाणु नभेटिएको जनाएको छ ।

डब्ल्यूएचओका अनुसार चीनले कोभिड नियन्त्रण गर्ने उद्देश्यले पहिला गरिएका कडाइहरू हटाएपछि फ्लूजस्तो रोगमा वृद्धि भएको बताएको छ । चीनमा श्वासप्रश्वास प्रणालीमा हुने सङ्क्रमण बढेपछि डब्ल्यूएचओले अहिलेको प्रकोपबारे थप विवरण दिन आग्रह गरेको थियो ।

उसले चीनमा खोप र मास्क लगाउने जस्ता सावधानी अपनाउन आग्रह गरेको छ । चीनका स्थानीय सञ्चारमाध्यमहरूले हालैका दिनहरूमा त्यहाँ श्वासप्रश्वास प्रणालीमा हुने सङ्क्रमणका कारण अस्पतालहरूमा बिरामीको चाप बढेको जनाएका थिए ।

डब्ल्यूएचओले सञ्चारमाध्यममा आएका समाचारबारे ‘प्रोमेड’मार्फत् थप विवरण मागेको जनाएको थियो। ‘प्रोमेड’ विश्वव्यापी प्रकोप निगरानी प्रणाली हो ।

फोक्सोमा हुने सङ्क्रमण र फोक्सो सुनिने लक्षणयुक्त सङ्क्रमणलाई चिकित्सकीय भाषामा निमोनिया भनिन्छ । भाइरस, ब्याक्टेरिया वा ढुसीबाट हुने सङ्क्रमणका कारण निमोनिया हुन सक्छ । चीनले देशको उत्तरमा फैलिएको श्वासप्रश्वाससम्बन्धी सङ्क्रमण पहिले नै थाहा भएका विभिन्न खाले रोग कारकका कारणले भएको बताएको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आइसिसी अभियोजकद्वारा नेतान्याहुसहित इजरायली र हमास नेताका लागि पक्राउ पुर्जी माग

  अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) का मुख्य अभियोजकले सोमबार इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसहित

छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु

  भारतको छत्तीसगढको कावर्धा जिल्लाको कुकदुर थाना क्षेत्रको बहपानी गाउँ नजिकै पिकअप ट्रक

इरानी राष्ट्रपति रायसीको निधनपछि उपराष्ट्रपति मोखबरले जिम्मेवारी सम्हाल्ने

इरानका राष्ट्रपति इब्राहिम रायसीको आइतबार हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएपछि देशको पहिलो उपराष्ट्रपति

आणविक सामग्री चोरीविरुद्ध ‘सतर्कता’ अपनाउन राष्ट्रसङ्घको आग्रह

संयुक्त राष्ट्रसङ्घले गत ३० वर्षमा चार हजार २०० भन्दा बढी आणविक सामग्री चोरी