चीन डिजिटल व्यवसायलाई बढावा दिन विश्व समुदायसँग सहकार्य गर्न इच्छुक
चीनका उपराष्ट्रपति हान झेङले विश्वव्यापी डिजिटल व्यापारको उच्च गुणस्तर र दिगो विकासका लागि चीन अन्य देशसँग मिलेर काम गर्न इच्छुक रहेको बताएका छन् ।
पूर्वी चीनको हाङझोउमा आयोजित दोस्रो ग्लोबल डिजिटल ट्रेड एक्स्पोको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति हानले डिजिटल व्यापार विश्वव्यापी व्यापार विकासको नयाँ प्रवृत्ति र भविष्यका लागि नयाँ विकास बिन्दु बन्दै गएको उल्लेख गरे ।
उनले डिजिटल अर्थतन्त्रको विकासका लागि खुला, समावेशी, निष्पक्ष, न्यायोचित र भेदभावरहित वातावरण सिर्जना गर्न चीन अन्य सबै देशसँग मिलेर काम गर्न तयार रहेको बताए । हानले चीनको डिजिटल व्यापार विकासको विशाल तथ्याङ्क संसाधनहरू र व्यापार ‘डिजिटलाइजेसन’ को लागि परिस्कृत अनुप्रयोग परिदृश्यहरूबारे चर्चा गरेका थिए ।