अल–शिफा अस्पतालका निर्देशक पक्राउ



गाजाको सबैभन्दा ठूलो अस्पताल अल–शिफाका निर्देशक र अन्य केही स्वास्थ्यकर्मीलाई इजरायली सेनाले बिहीबार पक्राउ गरेको छ ।

एक चिकित्सकले एएफपीलाई दिएको जानकारी अनुसार अस्पतालका निर्देशक तथा वरिष्ठ चिकित्सक मोहम्मद अबु सालमिया र अन्य केही वरिष्ठ स्वास्थ्यकर्मीलाई पक्राउ गरिएको हो ।

अक्टोबर ७ मा प्यालेस्टाइनी लडाकू समूह हमासले गरेको आक्रमणपछि इजरायली भूमि आक्रमणको मुख्य केन्द्र रहेको अल–शिफाभित्रको अवस्थाबारे निर्देशक मोहम्मद अबु सालमियालाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बारम्बार उदृत गर्दै आएका छन् ।

गत हप्ता अस्पतालमा छापा मारेको इजरायली सेनाले हमासका लडाकुहरूले गाजा सिटीमा रहेको अस्पतालको सुरुङ परिसरको प्रयोग गरी आक्रमण गरेको आरोप लगाएको छ ।

हमास र अस्पतालका अधिकारीहरूले पटक–पटक उक्त दाबीको खण्डन गर्दै आएका छन् । अस्पतालका विभाग प्रमुख खालिद अबु सामराले भने, “डाक्टर मोहम्मद अबु सालमिया र अन्य केही वरिष्ठ चिकित्सकलाई पक्राउ गरिएको छ ।”

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका एक अधिकारीले एएफपीलाई बताएअनुसार अन्य एक चिकित्सक र दुई नर्स तथा अस्पतालका निर्देशकलाई हिरासतमा लिइएको छ ।

हमासले विज्ञप्ति जारी गर्दै सालमिया र उनका सहकर्मीहरूको गिरफ्तारीको कडा शब्दमा भत्र्सना गर्दै रेडक्रसको अन्तर्राष्ट्रिय समिति र अन्य अन्तर्राष्ट्रिय संस्थाहरूलाई उनीहरूको ‘तत्काल रिहाई’ का लागि काम गर्न आह्वान गरेको छ ।

शनिबार अस्पताल खाली गर्न निर्देशन जारी गरिएपछि सयौं बिरामीहरू अस्पतालबाट विस्थापित भई प्यालेस्टाइनी क्षेत्रको कथित सुरक्षित दक्षिणमा गएका थिए ।

सालमियाले गत साता एएफपीसँग कुरा गर्दै इजरायली सेनाबाट पहिलो पटक दिइएको निर्देशन आफुले अस्वीकार गरेपछि फेरि दोहोराएर आफूलाई अस्पताल खाली गर्न निर्देशन प्राप्त भएको बताएका थिए । तर इजरायली सेनाले भने सालमियाको ‘अनुरोध’मा उद्धार गरिएको जनाएको छ ।

इजरायली सेनाले सालमिया र एक वरिष्ठ इजरायली अधिकारीबीच भएको कुराकानीको रूपमा प्रस्तुत गरिएको अडियो रेकर्डिङ जारी गरेको छ जसमा दुई व्यक्तिले एकअर्कालाई उद्धारका लागि दोषारोपण गरेका छन् ।

प्यालेिस्टनी रेड क्रिसेन्ट सोसाइटी (पीआरसीएस) ले बिहीबार संयुक्त राष्ट्रसंघसँग मिलेर थप १९० जना घाइते र बिरामी, उनीहरूका साथी र स्वास्थ्यकर्मीलाई अल–शिफाबाट गाजा पट्टीको दक्षिणमा रहेका अन्य अस्पतालमा स्थानान्तरण गरेको जनाएको छ ।

उत्तरी र दक्षिणी गाजालाई छुट्याउने सुरक्षा जाँच केन्द्रमा भएको ढिलाइका कारण करिब २० घण्टा लगाएर अस्पताललाई खाली गरिएको प्यालेिस्टनी रेड क्रिसेन्ट सोसाइटीद्वारा सामाजिक सञ्जाल एक्स (ट्विटर) मार्फत् जारी सार्वजनिक सन्देशमा जनाइएको छ । सन्देशमा भनिएको छ, “तीन जना स्वास्थ्यकर्मीलाई हिरासतमा लिइएको तर उनीहरूमध्ये दुई जनालाई पछि रिहा गरिएको छ ।”

बुधबार इजरायली सेनाले पत्रकारहरूलाई अस्पताल परिसरमा रहेको सुरुङमा लगी यसलाई हमासले प्रयोग गरेको विशाल भूमिगत नेटवर्कको हिस्सा बताएको थियो ।

इजरायली अधिकारीहरूले हमासले वर्षौंदेखि अस्पतालमुनिको सुरुङमा कमान्ड सेन्टर सञ्चालन गरेको दाबी गरेका छन् । गाजा पट्टीमा लडाकूविरुद्धको युद्धको एक भागको रूपमा अल–शिफा अस्पताल गाजामा विस्तारित इजरायली विशेष सेनाको कारबाहीको भाग भएको सेनाले बताएको छ ।

सेनाका अनुसार हमासको नियन्त्रणमा रहेको प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले इजरायलद्वारा अक्टोबर ७ पछि गाजामा गरेको स्थल तथा हवाई आक्रमणमा १४ हजारभन्दा बढी व्यक्तिहरू मारिएको बताएको छ । मारिनेमा अधिकांश महिला र बालबालिका रहेका छन् ।

अक्टोबर ७ मा हमासले सीमापारि इजरायली क्षेत्रमा एक्कासी आक्रमण गरेपछि यो घटना भएको हो । इजरायली अधिकारीहरूका अनुसार करिब एक हजार २०० जनाको मृत्यु भएको छ भने करिब २४० जनालाई बन्धक बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आइसिसी अभियोजकद्वारा नेतान्याहुसहित इजरायली र हमास नेताका लागि पक्राउ पुर्जी माग

  अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) का मुख्य अभियोजकले सोमबार इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसहित

छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु

  भारतको छत्तीसगढको कावर्धा जिल्लाको कुकदुर थाना क्षेत्रको बहपानी गाउँ नजिकै पिकअप ट्रक

इरानी राष्ट्रपति रायसीको निधनपछि उपराष्ट्रपति मोखबरले जिम्मेवारी सम्हाल्ने

इरानका राष्ट्रपति इब्राहिम रायसीको आइतबार हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएपछि देशको पहिलो उपराष्ट्रपति

आणविक सामग्री चोरीविरुद्ध ‘सतर्कता’ अपनाउन राष्ट्रसङ्घको आग्रह

संयुक्त राष्ट्रसङ्घले गत ३० वर्षमा चार हजार २०० भन्दा बढी आणविक सामग्री चोरी