दक्षिण कोरियाली खेलाडीलाई क्रिसमसअघि रिहा गर्न क्लिन्सम्यानको चीनसँग आग्रह



 

दक्षिण कोरियाका फुटबल प्रशिक्षक जर्गेन क्लिन्सम्यानले विश्वकप फुटबल प्रतियोगिताका मिडफिल्डर सन जुन–होलाई क्रिसमसको समयमा रिहा गर्न चीन सरकारसँग आग्रह गरेका छन् ।

बेइजिङको विदेश मन्त्रालयले कुनै विवरण उल्लेख नगरी ३१ वर्षीय सनलाई ‘गैरराज्य कर्मचारीहरूबाट घुस लिएको आशङ्कामा’ हिरासतमा लिइएको गत मे महिनामा बताएको थियो ।

दक्षिण कोरियाली मिडियाले सनलाई उत्तरपूर्वी प्रान्त लियोओनिङमा राखिएको तर त्यसपछि उनको अवस्थाबारे कुनै समाचार नआएको बताएको छ ।

सन् २०२१ देखि चिनियाँ सुपर लिग क्लब सेन्डोङ ताइसानसँग आबद्ध सनले सन् २०२२ मा कतारमा भएको विश्वकप प्रतियोगितामा आफ्नो मुलुकबाट चार खेलमध्ये तीन खेलमा सहभागिता जनाएका थिए ।

“अब हामीसँग क्रिसमसका लागि एउटै इच्छा छ सन जुन–होलाई रिहा गराउनु किनकीसनले गलत गरेको भनेर आजसम्म उनीहरूले केही पनि प्रमाणित गरेका छैनन्”, चीनमा मङ्गलबार भएको विश्वकप छनोट प्रतियोगितामा ३–० ले विजयी भएर दक्षिण कोरियामा ओर्लिएपछि जर्मनीका पूर्वखेलाडी क्लिन्सम्यानले पत्रकारहरूसँग भने, “त्यसैले हामीलाई आशा छ चीन सरकारले क्रिसमसभन्दा पहिला नै आफ्नो परिवारसँग भेट्न उनलाई रिहा गर्नेछ ।”

क्लिन्सम्यानले हिरासतमा रहेको भए पनि जुनमा दुई वटा मैत्रीपूर्ण खेलका लागि सनलाई आफ्नो टिममा समावेश गरेका थिए । कोरिया फुटबल एसोसिएसनले त्यो बेला सनको रिहाइका लागि अधिकारीहरूलाई चीन पठाएको तर खेलाडीका वकिल उनीहरूसँग कुराकानी गर्न ‘अनिच्छुक’ रहेको बताएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इरानी राष्ट्रपति रायसीको निधनपछि उपराष्ट्रपति मोखबरले जिम्मेवारी सम्हाल्ने

इरानका राष्ट्रपति इब्राहिम रायसीको आइतबार हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएपछि देशको पहिलो उपराष्ट्रपति

आणविक सामग्री चोरीविरुद्ध ‘सतर्कता’ अपनाउन राष्ट्रसङ्घको आग्रह

संयुक्त राष्ट्रसङ्घले गत ३० वर्षमा चार हजार २०० भन्दा बढी आणविक सामग्री चोरी

खराब मौसमका कारण श्रीलङ्कामा हजारौं प्रभावित

तीव्र हावा तथा भारी वर्षाका कारण श्रीलङ्कमा दश हजारभन्दा बढी मानिस प्रभावित भएको

इरानका राष्ट्रपति इब्राहिम रइसीको हेलिकोप्टर दुर्घटनामा मृत्यु

काठमाडौं । हेलिकोप्टर दुर्घटनामा परी इरानका राष्ट्रपति इब्राहिम रइसीको मृत्यु भएको छ ।