मुजिबुर रहमानका हत्यारालाई क्यानाडाबाट निर्वासन गर्न हसिना सरकारले अपील गर्ने



बङ्गलादेशका राष्ट्रपिता ‘बङ्गबन्धु’ शेख मुजिबुर रहमानका दोषी हत्यारा नुर चौधरी क्यानाडामा स्वतन्त्ररूपमा बसेको नयाँ वृत्तचित्रमा सार्वजनिक भएपछि बङ्गलादेशले क्यानाडासँग उनको निर्वासनका लागि नयाँ सिराबाट अपील गर्ने भएको छ ।
एएनआईसँग कुरा गर्दै क्यानाडामा बङ्गलादेशका उच्चायुक्त खलिलुर रहमानले भने, “हामी चुप लागेर बसेका छैनौँ, सिबिसी वृत्तचित्रमा नयाँ प्रमाणहरू आएपछि हामीले उनको चाँडै निर्वासनका लागि क्यानाडा सरकारसँग नयाँ अपील गर्न गइरहेका छौँ ।”
रहमानका अनुसार नुर चौधरी करिब २८ वर्षअघि सन् १९९६ मा क्यानाडा गएका थिए र जघन्य अपराधमा दोषी हत्यारा भए पनि स्वतन्त्ररूपमा बस्दै आएका छन् । बङ्गलादेश सरकारले उनलाई निर्वासन गर्नका लागि विभिन्न उपाय खोजिरहेको छ ।
“हामीले सबै प्रकारले प्रयास गरिरहेका छौँ र फैसलाको सामना गर्न उनलाई बङ्गलादेशमा निर्वासनमा पठाउन क्यानाडा सरकारसँग अनुरोध गर्दैछौँ, यो न्यायिक प्रक्रिया अत्यन्त पारदर्शी र भयमुक्त रहेको छ, एमनेस्टी इन्टरनेसनलले पनि अभियुक्तहरूलाई निर्दोष बनाउने अवसरका लागि सबै सुविधा दिइएको प्रमाणित गरेको छ”, उनले भने ।
रहमानले मानवअधिकारको नाममा ‘दोहोरो मापदण्ड’ का लागि क्यानाडा र अन्य विकसित मुलुकहरूमाथि प्रश्न गरेका छन् ।
“हाम्रा मित्रहरू (क्यानाडा) वास्तवमा हाम्रा चिन्ताहरूको कदर गर्ने प्रयास गर्दैनन् र यो नै हाम्रो समस्या हो, क्यानाडा र अन्य केही विकसित देश सबै मानव आहारको संरक्षण र संवर्द्धनको कुरा गर्छन्”, उनले भने, “यी नुर चौधरीले मानवताविरुद्धको अपराधका साथै मानवअधिकारहरूको उल्लङ्घन गरेका छन्, अझै पनि उनीहरूले उनको संरक्षण गरिरहेका छन्, उनीहरू एउटा हत्याराको संरक्षण गरिरहेका छन् तर पीडित र पीडितका परिवारहरूसँग न्याय गरिरहेका छैनन्, यो वास्तवमा दोहोरो मापदण्ड हो ।”
उच्चायुक्त रहमानले नुर चौधरीलाई निर्वासनका लागि क्यानाडा सरकारसमक्ष नयाँ अपील गर्ने तयारी गरिरहेको जानकारी दिए ।
“उनी त्यो घरमा बस्छन् भन्ने हामीलाई थाहा थियो तर कहिल्यै उनी क्यामेरामा देखिएनन्, त्यसैले उनी क्यामेरामा देखिनु क्रान्ति मात्र थियो, हामी निष्क्रिय बनेका छैनौँ, प्रत्येक दिन, प्रत्येक क्षण हामीले यो मामिलालाई उठाइरहेका छौँ, क्यानाडाली अधिकारीहरूले पछिल्लो २८ वर्षदेखि कसलाई आतिथ्यता गरिरहेका छन् भनेर यो सिबिसी वृत्तचित्रमार्फत उनीहरू (क्यानाडाली अधिकारी) सबैलाई थाहा छ”, उनले भने, “त्यसैले हामी प्रत्येक व्यक्तिसम्म पुग्नेछौँ र बङ्गलादेशमा उनको निर्वासनका लागि क्यानाडा सरकार एउटा अर्थपूर्ण संवाद गर्न बस्नुपर्छ भनेर नयाँ अपील गर्नेछौँ ।”
रहमानका अनुसार नुर चौधरीका साथै अन्य धेरै दोषी अपराधी पनि क्यानाडामा स्वतन्त्ररूपमा बस्दै आएका छन् । यद्यपि ढाकाले यो विशेष मामिलालाई उच्च प्राथमिकता दिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आइसिसी अभियोजकद्वारा नेतान्याहुसहित इजरायली र हमास नेताका लागि पक्राउ पुर्जी माग

  अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) का मुख्य अभियोजकले सोमबार इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसहित

छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु

  भारतको छत्तीसगढको कावर्धा जिल्लाको कुकदुर थाना क्षेत्रको बहपानी गाउँ नजिकै पिकअप ट्रक

इरानी राष्ट्रपति रायसीको निधनपछि उपराष्ट्रपति मोखबरले जिम्मेवारी सम्हाल्ने

इरानका राष्ट्रपति इब्राहिम रायसीको आइतबार हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएपछि देशको पहिलो उपराष्ट्रपति

आणविक सामग्री चोरीविरुद्ध ‘सतर्कता’ अपनाउन राष्ट्रसङ्घको आग्रह

संयुक्त राष्ट्रसङ्घले गत ३० वर्षमा चार हजार २०० भन्दा बढी आणविक सामग्री चोरी