पट्टीमा हमासद्वारा बन्धक बनाइएकाहरूलाई मुक्त गर्ने सम्झौता चाँडै टुङ्गोमा पुग्ने



इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पट्टीमा हमासद्वारा बन्धक बनाइएकाहरूलाई मुक्त गर्ने सम्झौता चाँडै टुङ्गोमा पुग्ने आशावादी रहेको बताएका छन् ।

उनले यस विषयमा भएको घटनाक्रमको विकास बारे छलफल गर्न मन्त्रिपरिषद्को विशेष बैठक आह्वान गरेका थिए । बैठकमा नेतान्याहुले प्यालेस्टिनी कैदीहरूको रिहाइ र लामो अस्थायी युद्धविरामको बदलामा केही बन्धकहरूलाई मुक्त गर्न सम्झौतामा हस्ताक्षर गर्न कतारको मध्यस्थता प्रयास भइरहेको बताए ।

इजरायलको मन्त्रिपरिषद्को युद्ध विराम बारेको बैठकपछि सुरक्षा बैठक बस्ने र सरकारले नयाँ निर्णय लिने अपेक्षा गरिएको छ । यसअघि हमासका नेता इस्माइल हनियाहले समूहका अधिकारीहरू इजरायलसँग युद्धविराम सम्झौतामा पुग्न नजिक रहेको र हमासले कतारलाई आफ्नो प्रतिक्रिया पठाएको बताए ।

सम्झौतामा इजरायली जेलबाट महिला र किशोर प्यालेस्टिनी बन्दीहरूको रिहाइको सट्टामा हमासले बन्दी बनाएका करिब ५० नागरिकको रिहाइ गर्दै जारी लडाइ केही दिनका लागि रोक्ने छ ।

यसैबीच इजरायली आक्रमणमा कम्तीमा २० प्यालेस्टाइनीको मृत्यु हुनाका साथै थुप्रै घाइते भएको हमासको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मध्य गाजाको अल–नुसेरात शरणार्थी शिविरमा रहेका दुईवटा आवासीय भवनहरूमा इजरायली हवाई आक्रमणमा कम्तीमा २० प्यालेस्टाइनीको मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आइसिसी अभियोजकद्वारा नेतान्याहुसहित इजरायली र हमास नेताका लागि पक्राउ पुर्जी माग

  अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) का मुख्य अभियोजकले सोमबार इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसहित

छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु

  भारतको छत्तीसगढको कावर्धा जिल्लाको कुकदुर थाना क्षेत्रको बहपानी गाउँ नजिकै पिकअप ट्रक

इरानी राष्ट्रपति रायसीको निधनपछि उपराष्ट्रपति मोखबरले जिम्मेवारी सम्हाल्ने

इरानका राष्ट्रपति इब्राहिम रायसीको आइतबार हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएपछि देशको पहिलो उपराष्ट्रपति

आणविक सामग्री चोरीविरुद्ध ‘सतर्कता’ अपनाउन राष्ट्रसङ्घको आग्रह

संयुक्त राष्ट्रसङ्घले गत ३० वर्षमा चार हजार २०० भन्दा बढी आणविक सामग्री चोरी